Logo

२०८३, आश्विन १०गते


images
images

सहकारी प्रकरण

रविलाई थुनामुक्त नगर्ने सर्बोच्चको फैसला

रविलाई थुनामुक्त नगर्ने सर्बोच्चको फैसला

images
  • रविलाई थुनामुक्त नगर्ने सर्बोच्चको फैसला
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेश सदर गरेको छ। सो आदेशसँगै लामिछानेको थुनामुक्तिको आशा तत्कालका लागि समाप्त भएको छ।

    images
    images
    images

    सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गरेको हो।

    images
    images
    images

    सुप्रिम सहकारीसम्बन्धी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ। यसै मुद्दामा उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीको थुनामुक्त गर्ने आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाउन आदेश दिएको थियो। सो आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदनसहित उच्च अदालतको आदेश बदरको माग गरेका थिए।

    images
    images
    images

    तर सर्वोच्चको पछिल्लो आदेशले उनको थुनाबाहिर निस्कने बाटो बन्द गरेको छ। अब जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगी मुद्दामा सफाइ पाएमा मात्रै लामिछाने थुनामुक्त हुनेछन्। त्यसबेला उनीमाथि लगाइएका अन्य आरोपहरूबाट पनि सफाइ पाएको पुष्टि हुनुपर्नेछ।

    यो आदेशसँगै लामिछानेको राजनीतिक र सार्वजनिक छविमा थप चुनौती थपिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।