काठमाडौं । बैतडी सदरमुकाम खलङ्गा केन्द्रबिन्दु बनाएर आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका अनुसार बिहान १:४८ बजे ५.१ रेक्टर स्केलको र २:०० बजे ३.७ म्याग्निच्युडको कम्पन मापन गरिएको हो।
यसले सुदूरपश्चिमका अन्य जिल्लाहरू दार्चुला, बझाङ, र डडेल्धुरासम्म धक्का पुर्याएको छ। निरन्तर दुईपटकको भूकम्पपछि बैतडीलगायतका जिल्लाका बासिन्दा रातभर घर बाहिरै निस्किएर त्रासमा बसेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरूमा चिरा परेको र सामान्य संरचनात्मक क्षति पुगेको प्रारम्भिक अनुमान छ।
विस्तृत विवरण संकलन भइरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology