काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेका छन् । सुवेदी र ढकालको इजलासमा बिहीवारको लागि २ वटा मात्र निवेदन परेका हुन् ।
सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधवार संवैधानिक इजलासका कारण रविको मुद्दा आज बिहीवारका लागि पेसी तोकिएको थियो ।
रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षमा रहेको रविका वकिलहरूले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology