Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

टि-ट्वान्टी ग्लोवल छनोट पार गर्ने हामी सक्षम छौं - प्रशिक्षक कटुवाल

टि-ट्वान्टी ग्लोवल छनोट पार गर्ने हामी सक्षम छौं - प्रशिक्षक कटुवाल

images
  • टि-ट्वान्टी ग्लोवल छनोट पार गर्ने हामी सक्षम छौं - प्रशिक्षक कटुवाल
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टि ट्वान्टी ग्लोवल छनोटबाट नेपालले सफलता पाउनसक्ने विश्वास व्यक्त गरेका छन् । थाइल्याण्डमा सम्पन्न आइसिसी महिला टि ट्वान्टी विश्वकप एशिया छनोटको शिर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले सोमवार विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो । 

    images
    images
    images

    बुधवार साँझ स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक कटुवालले ग्लोवल छनोटमा शिर्ष चार टोली बन्दै विश्वकपमा यात्रा गर्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिएका हुन् । ग्लोवल छनोटमा पूर्ण सदस्य राष्ट्र बङ्गलादेश र स्कटल्याण्डसहित एशिया, युरोप र अफ्रिकाबाट समान दुई, इस्ट एशिया र अमेरिकाबाट समान एक गरी कुल १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिष्पर्धा गर्नेछन् । यहाँबाट चार राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछन् । 

    images
    images
    images

    यद्यपि हालसम्म उक्त छनोटको मिति भने तोकिएको छैन । नेपालका प्रशिक्षक कटुवालले उक्त छनोट प्रतियोगिताका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै राम्रो तयारी गर्दै खेल्ने हो भने आफ्नो टोलीमा क्षमता रहेको धारणा राखे । 

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप छनोटको तयारी गर्न निश्चित योजना ल्याउन भनिसकेको प्रशिक्षक कटुवालले उल्लेख गरे । बलिया राष्ट्रसँग नियमित श्रृंखला खेल्दै राम्रो योजना बनाएर तयारी गर्नसके विश्वकपको अन्तिम छनोट आफ्नो टोलीले पार गर्ने उनको विश्वास छ । पछिल्ला समय लगातार अनुभवी टोलीसँग अभ्यास खेलिरहँदा तयारी पनि राम्रो भएकाले यो सफलता पाएको उनी बताउँछन् । 

    प्रशिक्षक कटुवालले नेपाली टोलीमा ससाना गरी धेरै परिवर्तन आएको र खेलाडी पनि पूर्णरूपमा व्यावसायिक बनिरहेकाले यो टोलीबाट धेरै आशा गर्नसकिने उल्लेख गरे । नेपालकी कप्तान इन्दु बर्माले पनि थाइल्याण्डको छनोटकै लागि भैरहवा र दिल्लीको क्याम्पले धेरै मद्दत मिलेको बताइन् । झन्डै दुई दशकदेखि नेपाली महिला क्रिकेट टोली ठूलो सफलताको खोजीमा रहेको उल्लेख गर्दै उनले यसपटक सफलता मिलेको बताइन् । 

    पूर्वकप्तान रुविना क्षेत्रीले लगातार क्रिकेट समर्थकको आलोचनाले पनि अझै  राम्रो गर्नपर्छ भन्ने आफूहरूलाई थप प्रोत्साहन मिलेको धारणा राखिन् । नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले स्वागत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।