Logo

२०८३, श्रावण २७गते


images
images

संसदीय समिति

चार संसदीय समिति बैठक बस्दै, बजेट र उजुरीमाथि छलफल हुने

चार संसदीय समिति बैठक बस्दै, बजेट र उजुरीमाथि छलफल हुने

images
  • चार संसदीय समिति बैठक बस्दै, बजेट र उजुरीमाथि छलफल हुने
    images
    images

    काठमाडौं। संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्ने भएको छ। संसद् सचिवालयका अनुसार अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक आज सिंहदरबारमा छुट्टाछुट्टै समय तालिका अनुसार बस्ने छन्।

    images
    images
    images

    प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा छलफल हुने छ। अर्थसमितिमा समिति सदस्यहरूसँगै राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) र नेपाल उद्योग परिसङ्घ (CNI) का प्रतिनिधिहरू सहभागी भएर बजेटका प्राथमिकतामाथि राय दिने कार्यक्रम तय गरिएको छ।

    images
    images
    images

    यसैगरी, सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजे नै सुरु हुनेछ। सो बैठकमा समितिमा प्राप्त उजुरीहरूबारे छलफल हुने बताइएको छ।

    images
    images
    images

    राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजेका लागि तय गरिएको छ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे सिंहदरबारमै बस्नेछ।

    आजका बैठकहरूमा बजेट निर्माणदेखि सार्वजनिक लेखाको निगरानी, विकास र सुशासनका सरोकार, तथा संघीयताको सबलीकरणजस्ता विषयमा विमर्श हुने हुँदा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसदीय समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।