कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ सागरपाेखरीमा रहेकाे प्रतिभा प्राथमिक विध्यालय स्थापनाकाे पचासौं वर्ष पुगेकाे अवसरमा स्वर्ण जयन्ती समारोहकाे आयाेजना गर्न तयारी शुरु गरेकाे छ ।
यसेैक्रममा विहिवार विजयादशमीकाे पुर्व सन्ध्यामा विद्यालयमा आयाेजित भेलाले विध्यालय व्यवस्थापन समितीका अध्यक्ष हुतराज गौतमकाे सँयाेजकत्वमा एक सय एकाउन्न सदस्यीय प्रतिभा प्राथमिक विध्यालय स्वर्ण महाेत्सव समाराेह आयाेजक समिति गठन गरिएकाे छ ।
भेलामा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले आफुले स्थापना गरेकाे विध्यालयले स्वर्ण जयन्ती मनाउन लागेकाेमा गर्व महशुस भएकाे बताए ।
विध्यालय स्थापना गर्दा स्थानीय वासिन्दाकाे अथक प्रयास र श्रमदानबाट विध्यालय बनेकाे बताउदै गौतमले पचास वर्ष पुग्दा पनि विध्यालयकाे शैक्षिक स्तर नखस्किएकाेमा विध्यालय व्यवस्थापन र शिक्षक अभिभावक लाई धन्यवाद ज्ञापन गरे ।
भेलामा आफ्नाे धारणा राख्दै रुरुक्षेत्र गाउँपालिका वडा न ३ का अध्यक्ष शेषनारायण पौडेलले विध्यालयसँग समुदाय गाँसिएकाे र समुदायकाे सदासयताका कारण विध्यालयले स्वर्ण महाेत्सव मनाउँदै ईतिहास जीवन्त राख्ने प्रयास गरेकाेमा विध्यालय परिवार प्रति कृतज्ञता व्यक्त गरे ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतमकाे अध्यक्षतामा भएकाे भेलामा भुतपुर्व विध्यार्थी कृष्ण गाौतमले आफ्नाे धारणा राखेका थिए ।
विध्यालयका प्रधानाध्यापक लक्ष्मण पन्थीले स्वागत तथा शिक्षक बिष्णु ज्ञवालीले सन्चालन गरेको भेलामा विध्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सँघका पदाधिकारी भुतपुर्व विध्यार्थी, स्थानिय समाजसेवी, पत्रकार, अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिभा प्राथमिक विध्यालय विक्रम सम्वत २०२८ सालमा रुरु ३ काे सागरपाेखरीमा स्थापना गरिएकाे हाे ।
तत्कालीन अवस्थामा झमादि वखलढुँगा च्युरेक क्षेत्रलाई पाएक पर्ने गरि स्थापना गरिएकाे याे विध्यालयकाे पहिलो शिक्षक स्वर्गीय दानराज ज्ञवाली थिए ।
भौतिक साधन र श्राेत र सँरचनाले सुसम्पन्न उक्त विध्यालयमा हाल साठि जनाकाे हाराहारीमा विध्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन भने आधा दर्जन शिक्षकहरुले अध्यापन गर्छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology