देवदह । देवदहको मितेरी गाउँमा अवस्थित स्मृति युवा क्लबको आयोजनामा महाअष्ठमी विशेष कार्यक्रम सम्पन्न भएको छ । क्लबले घैंटोफोर प्रतियोगिता गरि महाअष्ठमी मनाएको हो ।
प्रतियोगितामा बिजेताले रातो भाले र भित्ते घडी प्राप्त गरेका छन् । दुई चरणमा सम्पन्न प्रतियोगितामा पहिलो चरणको पुरस्कार स्थानीय सबिता भट्टले प्राप्त गरिन् भने दोश्रो चरणको खेलमा अन्जिल डुम्रेले प्राप्त गरेका छन् ।
बुधबार साँझ भएको उक्त खेलमा प्रतियोगीबाट ५० रुपैयाँ सलन गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology