Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

रोमानियाली राष्ट्रपतिको दोस्रो चरणमा निकुसर डान विजयी

रोमानियाली राष्ट्रपतिको दोस्रो चरणमा निकुसर डान विजयी

images
  • रोमानियाली राष्ट्रपतिको दोस्रो चरणमा निकुसर डान विजयी
    images
    images

    काठमाडौं । देशको स्थायी निर्वाचन प्राधिकरणद्वारा प्रकाशित नतिजाअनुसार बुखारेस्टका मेयर तथा स्वतन्त्र उम्मेदवार निकुसर डान रोमानियाको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा विजयी भएका छन् । 

    images
    images
    images

    उहाँले आफ्ना प्रतिद्वन्द्वी जर्ज सिमियनलाई पराजित गरे । डानले ५४.१७ प्रतिशत मत प्राप्त गरे भने एलायन्स फर द युनियन अफ रोमानियान्सका नेता सिमियनले ४५.८३ प्रतिशत मत प्राप्त गरे । चुनावी अनियमितता र विदेशी हस्तक्षेपको आरोपका कारण २०२४ को नतिजा रद्ध भएपछि आयोजित पुनः राष्ट्रपति चुनावको यो मतदानले निष्कर्ष निकालेको छ । 

    images
    images
    images

    ५५ वर्षीय डानले कानूनको शासन सुधारलाई बलियो बनाउने, युक्रेनको लागि सैन्य र कूटनीतिक समर्थन कायम राख्ने र पश्चिमसँग रोमानियाको सम्बन्धलाई गहिरो बनाउने प्रतिवद्धता जनाए । 

    images
    images
    images

    ३८ वर्षीय सिमियनले मे ४ मा भएको पहिलो चरणको चुनावमा ४०.९६ प्रतिशत मतसहित अग्रता लिएका थिए । जुन डानको २०.९९ प्रतिशतभन्दा अगाडि थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोमानिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।