Logo

२०८३, श्रावण २७गते


images
images

रोमानियाको राष्ट्रपति चुनावमा गठबन्धनका सिमियन र स्वतन्त्र उम्मेदवार डान अगाडि

रोमानियाको राष्ट्रपति चुनावमा गठबन्धनका सिमियन र स्वतन्त्र उम्मेदवार डान अगाडि

दोस्रो चरण तय हुने संकेत
images
  • रोमानियाको राष्ट्रपति चुनावमा गठबन्धनका सिमियन र स्वतन्त्र उम्मेदवार डान अगाडि
    images
    images

    एजेन्सी । रोमानियामा मे १८ मा हुने राष्ट्रपति चुनावका लागि भएको पहिलो चरणको मतगणना लगभग सम्पन्न भएसँगै गठबन्धनका उम्मेदवार जर्ज सिमियन अग्रस्थानमा देखिएका छन्। स्थायी निर्वाचन प्राधिकरणले आइतवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ९९.५३ प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ।

    images
    images
    images

    ३८ वर्षीय सिमियनले ४०.५६ प्रतिशत मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका बुखारेस्टका मेयर निकुसर डान २०.९१ प्रतिशत मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा भने ‘रोमानिया फरवार्ड’ गठबन्धनबाट उम्मेदवार बनेका क्रिन एन्टोनेस्कु २०.३२ प्रतिशत मतका साथ देखिएका छन्।

    images
    images
    images

    रोमानियाको संविधानअनुसार कुनै उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेको खण्डमा शीर्ष दुई उम्मेदवारबीच दुई हप्तापछि दोस्रो चरणको चुनाव हुनेछ। हालको परिणामअनुसार सिमियन र डानबीच प्रतिस्पर्धा हुने देखिएको छ।

    images
    images
    images

    गत नोभेम्बरमा अनियमित प्रचार अभ्यास र विदेशी हस्तक्षेपको आरोपसहित राष्ट्रपति चुनाव रद्द गरिएको थियो। यो चुनाव त्यसको पुनः आयोजना हो। रोमानियामा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ र दुईपटकसम्म दोहोरिन सक्ने प्रावधान रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोमानिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।