Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

झरी, चट्याङ्ग र हावाहुरीको सम्भावना

झरी, चट्याङ्ग र हावाहुरीको सम्भावना

images
  • झरी, चट्याङ्ग र हावाहुरीको  सम्भावना
    images

    काठमाडौँ । आज देशभर पश्चिमी वायु, स्थानीय वायुप्रणाली र बङ्गालको खाडी तथा अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय देखिएको छ। यसै प्रभावका कारण हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसँगै अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा केही स्थानहरूमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता आवश्यक देखिन्छ।

    images
    images
    images

    आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र मधेससहित अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने संकेत देखिएको छ।

    images
    images

    मौसमी प्रणालीको यो सक्रियताका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। खुला स्थानमा चट्याङ्गको जोखिम, पहाडी क्षेत्रमा संभावित पहिरो वा सडकमाथिको ढुंगा खस्ने घटना, र हावाहुरीको सम्भावनाले निर्माणाधीन संरचना तथा खेतीपातीमा क्षति पुर्‍याउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउनुपर्ने देखिन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।