Logo

२०८३, श्रावण २७गते


images
images

संसद

संसदबाटै जनतामा निराशाको सञ्चार गरियो  : प्रमुख सचेतक बर्तौला

संसदबाटै जनतामा निराशाको सञ्चार गरियो  : प्रमुख सचेतक बर्तौला

images
  • संसदबाटै जनतामा निराशाको सञ्चार गरियो  : प्रमुख सचेतक बर्तौला
    images
    images

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरह रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका हुन् ।

    images
    images
    images

    उनले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताए । नागरिकको भरोसा टुटाउनेगरि प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत उनले लगाए । दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै उनले आपूm सत्तामा भएको भए जादुगरले जसरी काम गर्छु भनेर भ्रम फैलाइएको आरोप लगाए ।

    images
    images
    images

    उनले भने, ‘वर्षाको सिजन करिव करिव प्रारम्भ हुन थाल्यो । जेठ एक गते राती हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ तीलगाउँमा लेदोसहितको पहिरो आयो । सिंगो बस्ती त्रसित भए । गाउँका स्थानीयहरु अहिले चौरमा बस्नुपर्ने अवस्था छ । सरकारसँग आग्रह के छ भने यस्तो प्रकृतिका घटनाहरु देशका अन्य ठाउँहरुमा पनि अब क्रमश क्रमश हुनसक्छ । सरकारको पूर्व सावधानी, पूर्वतयारी प्रभावकारी ढंगबाट हुनुपर्छ । नान्खा गाउँपालिका तीलगाउँका बासिन्दाहरु जसरी अहिले त्रसित अवस्थामा छन् ।’

    images
    images
    images

    उनले जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकालेजस्तै जादुवाला नम्बर भएकाहरुबाट यस्ता अभिव्यक्ति सुनिरहेको भन्दै त्यो क्षणिक भ्रम भएको स्पष्ट पारे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।