देवदह । न्यू लुम्बिनी इङ्लिस बोर्डिंङ्ग स्कुलले विद्यार्थीहरूलाई जातीय पहिचान झल्कने सांस्कृतिक पोशाक लगाउन प्रेरित गरेको छ । हरेक महिनाको पहिलो आइतवार सबै विद्यार्थीलाई सांस्कृतिक पोशाकमा विद्यालय आउन आग्रह गरिएको प्रिन्सिपल विनोद थापा मगरले जानकारी दिए ।
'सांस्कृतिक विविधता र पहिचानको संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिनामा एकदिन आफ्नो जातीय पोशाकमा विद्यालय आउन विद्यार्थीलाई प्रोत्साहित गर्ने निर्णय गरेका छौं ।' प्रिन्सिपल थापाले भने, 'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र भएकाले शिक्षासँगै संस्कृतिको सम्मान र जागरणमा केन्द्रित प्रयास गरिएको हो ।'
‘विविधतामा एकता’ भन्ने भावनालाई आत्मसात गर्दै सबै जातजातिका मौलिक भेषभूषा, परम्परा, भाषा, धर्म, संस्कार र संस्कृति संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ ।
यो अभ्यासले बालबालिकामा आत्मपहिचानको बोध गराउनुका साथै आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावमा टेवा पुग्ने विश्वास लिइएको विद्यालयले जनाएको छ ।
विद्यालयले जेष्ठ ४ गते आइतबारदेखि यो अभ्यास सुरु गरेको छ । यसलाई थप व्यवस्थित बनाउन आवश्यक समन्वय तथा अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology