Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा बैठक

माओवादी सांसदको प्रश्न : झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

माओवादी सांसदको प्रश्न : झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

images
  • माओवादी सांसदको प्रश्न : झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राईले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् । 

    images
    images
    images

    पटक पटक बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ । पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकहरु रुष्ट रहेका कारण पनि सरकारको बिरोध भइरहेको उनले बताइन् ।

    images
    images
    images

    उनले प्रश्न गर्दै भनिन्, ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?’

    images
    images
    images

    सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरकार
  • # माओवादी सांसद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।