Logo

२०८३, श्रावण २७गते


images
images

एउटै कम्यूनिष्ट पार्टी नबनाएसम्म क्रान्ति सम्भव छैन : खनाल

एउटै कम्यूनिष्ट पार्टी नबनाएसम्म क्रान्ति सम्भव छैन : खनाल

images
  • एउटै कम्यूनिष्ट पार्टी नबनाएसम्म क्रान्ति सम्भव छैन : खनाल
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरे।

    images
    images
    images

    खनालले आजको अन्तरविरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताए। कुनै पनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति सम्भव नहुने उनको तर्क थियो।

    images
    images
    images

    खनालले वर्तमान अवस्थामा आफूहरूको निशाना को हो भन्ने प्रश्नलाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए। यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। साना-साना राजनीतिक दल खोलेर सानो-सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै उनले यस्तो अवस्थालाई तोड्नुपर्ने आवश्यकता औँल्याए।

    images
    images
    images

    खनालले भने, 'आजको प्रधान अन्तरविरोध के हो? त्यो कुरालाई सही ढंगले निक्र्यौल गर्दै आजका अवस्थाको को हो हाम्रो निशाना? कसका विरुद्ध हामी लड्दै समाजवादी क्रान्ति गर्छौं नेपालमा? यो कुरालाई स्पष्ट पार्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्नेछ। त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्नेछ। अहिले पार्टीलाई बुकुरे, बुकुरे, बुकुरे पार्टी बनाउने र सानो-सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ। यो अवस्था तोड्नुपर्छ। एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन।'

    खनालका अनुसार कुनै पनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी हुनुपर्छ। आन्दोलनभित्र बुर्जुवा वर्गका विचारहरू प्रवेश गर्ने कारणले मात्र होइन, उग्र वामपन्थ वा दक्षिणपन्थी भड्काउने कारणले पनि समूहहरू प्रकट हुने गरेका छन्। हाम्रो देशको हालत पनि त्यस्तै रहेको भन्दै खनालले कम्युनिष्ट आन्दोलनभित्र प्रकट भएका अवसरवादी चिन्तनहरूमध्ये विशेषगरी दक्षिणपन्थी अवसरवादी चिन्तनलाई परास्त गर्दै क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा समाजवादी क्रान्तिको रूपान्तरण अघि बढाउनुपर्ने बताए।

    मदन भण्डारीका योगदानहरूको समीक्षा गर्न आँट गर्नुपर्ने आवश्यकता औँल्याउँदै खनालले दक्षिणपन्थी अवसरवादी चिन्तनहरूलाई परास्त गर्दै क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा समाजवादी क्रान्तिको रूपान्तरण अघि बढाउनुपर्नेमा जोड दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।