काठमाडौँ । किशोर-किशोरीलाई सही मार्गमा अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
शुक्रबार बियोन्ड बेजिङ समितिद्वारा आयोजित 'बृहत्तर यौनिकता शिक्षा' विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाज र संकोचका कारण विद्यार्थीले नपढ्ने र शिक्षकले पढाउन नसक्ने समस्या रहेको बताइन्।
उनका अनुसार कक्षा ९ र १० मा स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक भएकाले सबैले पढ्न पाउने अवसर पाएका छैनन्। माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा उनको जोड छ।
अभियानकर्मी तामाङले किशोर-किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिबाट जोगाउन सकिने भएकाले सञ्चारमाध्यमले जागरण अभियान सञ्चालन गर्नुपर्नेमा पनि विशेष ध्यान दिनुपर्ने बताइन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology