Logo

२०८३, कार्तिक २६गते


images
images

राशिफल

आज जेठ १ गते बिहीबार 'माता सरस्वती' को दर्शन गरी राशिफल हेर्नुहोस

आज जेठ १ गते बिहीबार 'माता सरस्वती' को दर्शन गरी राशिफल हेर्नुहोस

images
  • आज जेठ १ गते बिहीबार 'माता सरस्वती' को दर्शन गरी राशिफल हेर्नुहोस
    images

    आज २०८२ जेठ १ गते, बिहीबार  । 'माता सरस्वती' को दर्शन गरी आजको राशिफल हेर्नुहोस  ।

    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    महत्वाकांक्षी योजनामा सफलता मिल्न सक्छ। सानातिना झमेला आउन सक्छन्, तर आत्मविश्वासले काममा सफलता दिलाउनेछ। पारिवारिक समर्थनले थप हौसला मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ।

    images
    images
    images

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आर्थिक गतिविधिमा सुधार आउनेछ। बौद्धिक क्षेत्रको सफलता मिल्नेछ। सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। पुराना समस्या समाधान हुनेछन्। शारीरिक स्फूर्ति कम हुन सक्छ।

    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    नयाँ अवसरहरूको खोजीमा समय बित्नेछ। वैदेशिक सम्बन्धको क्षेत्रमा सफलता मिल्नेछ। यात्रामा सानोतिनो समस्या आउन सक्छ। मनको अशान्तिले निर्णय गर्न कठिनाई हुने सम्भावना छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    व्यावसायिक क्षेत्रमा विस्तारको योजना बनाउन सकिनेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। मान-सम्मानको प्राप्ति हुनेछ। मनमा प्रसन्नता रहनुका साथै आर्थिक पक्ष बलियो बन्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    घरायसी वातावरणमा सामान्य असमझदारी आउन सक्छ। व्यापारमा मनग्ये फाइदा हुनेछ। पुराना मुद्दाहरू हल हुनेछन्। साझेदारीमा काम गर्दा फाइदा हुनेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    कला र सृजनात्मक क्षमताको प्रशंसा हुनेछ। पारिवारिक जमघटमा सहभागी हुने अवसर प्राप्त हुनेछ। आर्थिक पक्षमा सामान्य वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    नयाँ जिम्मेवारी थपिनेछ। सहयोगीहरूको मद्दतले रोकिएका काम अघि बढ्नेछन्। परिश्रमको मूल्यांकन हुनेछ। वैदेशिक प्रयोजनमा सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    सामाजिक र पारिवारिक जिम्मेवारीमा समय दिनुपर्ला। आर्थिक पक्षमा केही चुनौती हुन सक्छ। साथीभाइको सहयोगमा समस्या समाधान हुनेछन्। नयाँ कार्यमा समय दिनु फलदायी हुनेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    नयाँ स्थानमा यात्रा गर्नुपर्ने हुन सक्छ। पारिवारिक जीवनमा खुसीको वातावरण हुनेछ। नोकरीमा नयाँ अवसरको सम्भावना देखिन्छ। आफन्तको मद्दतले रोकिएको काम सफल हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    दैनिक क्रियाकलापमा बाधा आउन सक्छ। व्यवसायमा खर्च बढ्ने सम्भावना छ। घरायसी विषयमा सानो विवाद हुन सक्छ। संयमित रहेर निर्णय लिनु राम्रो हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    साझेदारीमा काम गर्दा फाइदा हुनेछ। अध्ययन र अनुसन्धानको क्षेत्रमा प्रगति हुनेछ। पारिवारिक भेटघाटमा रमाइलो हुनेछ। दीर्घकालीन योजनामा लगानीको अवसर मिल्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    सामाजिक काममा प्रतिष्ठा बढ्नेछ। वैदेशिक प्रयोजनका लागि अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोतमा वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

    नोट: राशिफल सामूहिक ग्रहचक्रको अध्ययनमा आधारित हो। तपाईँको व्यक्तिगत जन्मकुण्डलीको आधारमा गरिएको विश्लेषण अझ सटीक हुन्छ। सबैथोक राशिफल होइन, यसलाई मार्गदर्शन मात्र मान्नुहोस्। दैनिक जीवनमा तपाईंले गर्ने मेहनत र लिने निर्णय जीवनको सफलतामा सबैभन्दा महत्वपूर्ण हुन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।