काठमाडौं । संयुक्त राष्ट्रसंघले संयुक्त राज्य अमेरिका र चीनबीचको हालै सम्पन्न व्यापार वार्तालाई स्वागत गरेको छ। महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले दुई देशबीचको संवादलाई विश्वव्यापी अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा वर्णन गरेका छन्।
स्विट्जरल्याण्डमा सप्ताहन्तमा सम्पन्न उक्त व्यापार वार्तालाई लिएर डुजारिकले भनेका छन्, “दुई ठूला अर्थतन्त्रबीचको संवादले विश्व बजारमा सकारात्मक सन्देश दिएको छ। व्यापारिक सहकार्यको मार्ग प्रशस्त हुने अपेक्षा गरेका छौं।”
अमेरिका र चीनबीचको व्यापार सम्बन्ध पछिल्ला केही वर्षदेखि तनावपूर्ण रहँदै आएको छ। विश्वका ठूला अर्थतन्त्रबीचको यो संवादले विश्व व्यापार सन्तुलनमा सुधार आउने विश्लेषकहरूको धारणा छ।
यसअघि, दुई देशबीच व्यापार युद्धकै अवस्था सिर्जना भएको थियो। दुवै पक्षले एकअर्काका सामानमा उच्च कर लगाउने निर्णय गर्दा विश्व बजारमा असर देखिएको थियो। यस्तो अवस्थामा भएको वार्ताले नयाँ सम्भावनाको ढोका खोलेको भन्दै विश्लेषकहरूले यसलाई स्वागत गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology