Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

विद्यालय समयमा नगरपालिका नधाउन प्रधानाध्यापकलाई देवदहको निर्देशन

विद्यालय समयमा नगरपालिका नधाउन प्रधानाध्यापकलाई देवदहको निर्देशन

images
  • विद्यालय समयमा नगरपालिका नधाउन प्रधानाध्यापकलाई देवदहको निर्देशन
    images
    images

    देवदह । विभिन्न बहाना बनाएर विद्यालयका प्रधानाध्यापकहरु विद्यालय बाहिर जाने गरेको गुनासो प्रति देवदह नगरपालिकाले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शुक्रवार एक सूचना जारी गर्दै प्रधानाध्यापकलाई विद्यालय समयमा आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    नगरपालिकाले जारी गरेको पत्रमा विद्यालयको प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारीमा रहनुपर्ने प्रधानाध्यापकहरू विद्यालय समयमा बाहिर रहेर विद्यालयको वातावरण असन्तुलित हुने स्थितिप्रति संवेदनशील हुनुपर्ने उल्लेख छ ।

    images
    images
    images

    शैक्षिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लगिएको सन्दर्भमा प्रविधिको प्रयोगबाट विद्यालयमै बसेर गर्न सकिने कामका लागि नगरपालिकामा नआउन र व्यक्ति नै उपस्थित हुनुपर्ने कामका लागि यथासम्भव विद्यालयका कर्मचारी खटाउन सूचना मार्फत आग्रह गरिएको छ ।

    images
    images
    images

    यस्तै, नगरपालिका कार्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरूलाई आउनुपर्ने समय पनि स्पष्ट पारिएको छ । नगरपालिकाले आह्वान गरेको खण्डमा वा आकस्मिक कामका लागि बाहेक कुनै पनि प्रधानाध्यापक तथा शिक्षकले शुक्रवार दिउँसो १ : ३० बजेपछि र अन्य वार बेलुका ३ : ३० बजेपछि नगरपालिका कार्यालयमा उपस्थित हूनुपर्ने सूचनामा उल्लेख छ ।

    देवदह नगरपालिकाका उपसचिव लोकराज पन्थीले प्रधानाध्यापकहरूलाई विद्यालय समयमा विद्यालयमै बस्न र शिक्षण तथा प्रशासनिक जिम्मेवारी पूरा गर्न आग्रह गरेका हुन् । नगरपालिकाले आह्वान नगरेका बेला विद्यालय छोडेर बाहिर जाने प्रवृत्तिले शिक्षाको गुणस्तरमा असर पर्ने भएकाले यसतर्फ विशेष ध्यान दिन नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पनि पत्रको प्रतिलिपि पठाइएको छ ।

    नगरपालिकाको यो निर्णयले विद्यालयहरूको प्राज्ञिक गतिविधिलाई प्रभावकारी बनाउँदै शिक्षाको गुणस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ ।

    प्रधानाध्यापक मात्र नभएर विभिन्न संघरसंगठनमा आवद्ध नेता शिक्षकहरु पनि विद्यालय समयमा बाहिर हुने गरेको पाइएको नगरपालिका स्रोतले जनाएको छ। कक्षाकोठामा हुनुपर्ने शिक्षक विद्यालयमा हाजिर लगाएर विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रमहरुमा जाने गरेको गुनासो समेत बढिरहेको स्रोतको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।