Logo

२०८३, श्रावण २७गते


images
images

भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै

भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै

images
  • भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै
    images
    images

    काठमाडौं । पहलगाम आक्रमणपछि युद्धको स्थितिमा पुगेका भारत र पाकिस्तानबीच सोमवार वार्ता हुँदैछ। दुई देशका सैन्य उच्चाधिकारीबीच वार्ता मध्याह्न १२ बजेका लागि तय भए पनि समय परिवर्तन भई साँझ हुने भएको हो।

    images
    images
    images

    वार्तामा भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकको नेतृत्व रहनेछ। शनिवार भएको कुराकानीमा पाकिस्तानी सेनाका महानिर्देशकले शत्रुता बन्द गर्ने प्रस्ताव अघि सारेका थिए। त्यसपछि दुवै देशले शनिवार साँझदेखि सीमापार गोलीबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए।

    images
    images
    images

    तर सहमति भएको केही घण्टामै पाकिस्तानले नियन्त्रण रेखा (एलओसी) मा गोलीबारी र हवाई घुसपैठ गरेको भारतको आरोप छ। भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले आईतवार संयुक्त पत्रकार सम्मेलनमा भने, “पाकिस्तानी उल्लङ्घनको कडा जवाफ दिइएको छ। यस्ता गतिविधि दोहोरिए अझ कडा कारबाही हुनेछ।”

    images
    images
    images

    भारतले पाकिस्तानी सेनालाई हटलाइन सन्देशमार्फत उल्लङ्घनबारे जानकारी गराएको बताइएको छ।

    भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप मे ७ देखि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो। उक्त अपरेशन अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी केन्द्रमा प्रहार गरिएको थियो। आक्रमणमा परेर २६ जनाको मृत्यु भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।