Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

images
  • आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?
    फाइल फोटो
    images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ। साथै, अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images
    images
    images

    आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ। मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ।

    images
    images

    आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसम विभागको आग्रह छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।