काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।
पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो । सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।
पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको जनाइएको छ ।
बन्द गरिएका विमानस्थलहरूमा जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा जामनगर, राजकोट, पोबन्दर, कांडला, केशोद, भुज र चण्डीगढ रहेका छन ।
यी विमानस्थलहरू मुख्य रूपमा भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित छन् । कुनै आन्तरिक र कुनै अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् ।
विमानस्थल बन्दले इन्डिगो, एयर इन्डिया, स्पाइसजेट लगायत प्रमुख एयरलाइन्स कम्पनीहरुले सयौं उडानहरू रद्ध गरेका छन् ।
ती हवाई कम्पनीहरुले आफ्ना यात्रुहरूलाई यात्रा योजना पुनः मूल्यांकन गर्न र सम्बन्धित एयरलाइन्सहरूको आधिकारिक सूचना च्यानलहरूबाट अद्यावधिक जानकारी प्राप्त गर्न सल्लाह दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology