देवदह । ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । देवदह-७ स्थित विद्यालय प्रांगणमा बिहिवार एक कार्यक्रम बिच विद्यार्थीलाई स्वागत गरिएको हो ।
कक्षा मन्टेश्वरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयको गतिविधिसँग परिचित गराइएको विद्यालयका प्राचार्य राजीव सापकोटाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक एकनारायण काफ्लेले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिने र शिक्षामा पनि उत्कृष्टता हासिल गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका सह-प्राचार्य शंकर सुवेदी, तहगत संयोजक विष्णु पोख्रेल लगायतका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन कक्षा १० का विद्यार्थी स्वीकृति न्यौपाने र राघव खरेलले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology