आज मिति २०८२ साल बैशाख २५ गते बिहीवार । 'माता सरस्वती'को दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्यमा सक्रियताले सम्मान बढाउनेछ। नोकरी तथा व्यवसायमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनाले मनमा उत्साह छाउनेछ। दिगो योजनामा लगानी गर्ने समय छ। शुभ अंक ९, शुभ रंग रातो।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिवारमा सुखद वातावरण सिर्जना हुनेछ। व्यापारमा मुनाफा बढ्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययनमा पनि सफलता पाइनेछ। शुभ अंक २, शुभ रंग सेतो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भावनात्मक निर्णयले समस्या ल्याउन सक्छ। सहकर्मीबाट असहयोगको सामना गर्नुपर्ला। सानो त्रुटि ठूलो समस्या बन्न सक्छ। संयमित र विवेकी बन्ने समय छ। शुभ अंक ५, शुभ रंग हरियो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ योजनामा लगानी गर्दा राम्रो प्रतिफल आउनेछ। पारिवारिक जिम्मेवारी पूरा गर्न सफल भइनेछ। शुभ अंक १, शुभ रंग पहेँलो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सार्वजनिक कार्यक्रममा सहभागिता बढ्नेछ। मान–सम्मानमा वृद्धि हुनेछ। प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ। नयाँ कामको अवसर प्राप्त हुने समय छ। शुभ अंक ३, शुभ रंग सुन्तला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ परियोजनामा आत्मविश्वास बढ्नेछ। घरपरिवारको सहयोगले काममा प्रगति हुनेछ। आत्मविश्वासका साथ अघि बढ्दा लाभ हुनेछ। शुभ अंक ४, शुभ रंग निलो।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्षमा सुधार आउनेछ। व्यापारिक यात्राबाट लाभ हुनेछ। दीर्घकालीन योजनामा लगानी गर्दा फाइदा हुनेछ। साथीभाइको सुझाव उपयोगी हुनेछ। शुभ अंक ७, शुभ रंग गुलाबी।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अपरिचितसँगको सहकार्यले लाभ दिलाउनेछ। पुरानो मित्रसँग भेटघाट हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो समाचार आउनेछ। शुभ अंक ८, शुभ रंग खरानी।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक उत्तरदायित्व बढ्नेछ। साथीभाइसँग मिलेर काम गर्दा राम्रो हुनेछ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। शुभ अंक ६, शुभ रंग कस्तोरी।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
काममा व्यस्तताले व्यक्तिगत जीवनमा असर पार्न सक्छ। जिम्मेवारीको बोझले थकानको अनुभूति हुन सक्छ। संयमित भएर काम गर्नुहोला। शुभ अंक ५, शुभ रंग खैरो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मित्रको सहयोगले नयाँ अवसर सिर्जना हुनेछ। व्यवसायिक क्षेत्र विस्तार गर्न अनुकूल समय छ। नोकरीमा पदोन्नति सम्भावना छ। शुभ अंक ३, शुभ रंग निलो।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रचनात्मक काममा मन लाग्नेछ। पारिवारिक सहयोगले उत्साह बढ्नेछ। रोकिएका काम पुनः सुरु गर्न राम्रो समय हो। शुभ अंक २, शुभ रंग हरियो।
नोट: राशिफल सामूहिक ग्रहचक्रको अध्ययनमा आधारित हो। तपाईँको व्यक्तिगत जन्मकुण्डलीको आधारमा गरिएको विश्लेषण अझ सटीक हुन्छ। सबैथोक राशिफल होइन, यसलाई मार्गदर्शन मात्र मान्नुहोस्। दैनिक जीवनमा तपाईंले गर्ने मेहनत र लिने निर्णय जीवनको सफलतामा सबैभन्दा महत्वपूर्ण हुन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology