देवदह । देवदह मदर टङ्गस एकेडेमीमा सदन विभाजन तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ मा बर्षभरी गरिने विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई सदनस्तरमा प्रतिस्पर्धा गराउने हेतुले विद्यार्थीहरुलाई चार सदनमा विभाजन गरिएको विद्यालयका भाइस प्रिन्सिपल यमलाल शर्माले जानकारी दिए ।
विद्यार्थीहरुको आम भेलाबाट अल्फा सदनबाट क्याप्टेनमा शिया थापा तथा भाइस क्याप्टेनमा सुसन सुनार चयन भएका छन् । बिटा सदनबाट डेजी आले क्याप्टेन र सुजन गुरुङ्ग भाइस क्याप्टेनमा चयन भएका छन् । त्यसैगरी भेलाले गामा सदनबाट मोहन गैरे क्याप्टेन र शिभानी रेस्मी भाइस क्याप्टेन तथा डेल्टा सदनबाट चुजन बारघरे क्याप्टेन र मुना परियार भाइस क्याप्टेनमा चयन गरेको छ ।
त्यसैगरी भेलाले अल्फा सदनको शिक्षक नायकमा अरुण गिरी र आरती पराजुली, गामा सदनमा बिक्की दर्जी र रेनुका थापा, बिटा सदनमा रामप्रसाद शर्मा र सिर्जना गुरुङ्ग तथा डेल्टा सदनमा दुर्गा जिसी र माया पौडेल चयन गरेको छ । विद्यालयको क्याप्टेनमा किरन राना र भाइस क्याप्टेनमा सोनिया रेश्मी चयन भएको विद्यालयले जनाएको छ ।
सोही अवसरमा नव आगन्तुक विद्यार्थीहरुलाई विभिन्न सदनमा स्वागत गरिएको विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गले जानकारी दिए । अतिरिक्त क्रियाकलापले विद्यार्थीहरु भित्र भएको प्रतिभा पहिचान गर्नमा ठूलो मद्दत पुग्ने भन्दै उनले पढाईलाई पहिलो प्राथमिकतामा राख्दै अन्य क्रार्यक्रमहरुलाई पनि सँगै लैजानु पर्नेमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology