रेशम अधिकारी, सुनवल । लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले नवलपरासीको सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री शाहीले सुनवल नगरपालिका वडा ७ नं स्थित बौद्ध मर्गाको रुपमा रहेको ज्यामिरे - अस्नैया सडक खण्डको शुक्रबार स्थलगत निरीक्षण गरेका हुन् ।
सडकको क्षमता भन्दा बढि लोड भएका सवारीसाधन गुड्ने र निरन्तर परेको पानीले सडकमा ठुला- ठुला खाल्डाे परेको कारण स्थानीयवासीले सडकको निर्माण र मर्मत लागि पहल गरिदिन मन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए । मन्त्रि शाहीले आफ्नो मन्त्रालयबाट हुन सक्ने सम्पूर्ण काम गर्ने र लुम्बिनी प्रदेशका मुख्य मन्त्रीसंग छलफल गरि छिट्टै सडकको स्तरोन्नती गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सुनवल नगर प्रमुख भिम बहादुर थापाले उक्त सडकलाइ नगरपालिकाको बजेटले मात्र पर्याप्त नहुने भएकोले प्रदेश सरकारलाई बजेट व्यवस्थापन गरिदिन मन्त्री शाहीसँग आग्रह गरे ।
सुनवल ७ का वडाध्यक्ष बसन्तराज दाहालले सडकका कारणले स्थानीयवासीले सास्ती भोग्नुपरेको भन्दै सडकको मर्मत कामलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिदिन प्रदेश सरकारसँग आग्रह गरेका थिए ।
स्थानीय निरमाया अधीकारी अनुसार पटक पटक वडा र नगरपालिकाका जनप्रतिनिधिलाई खबर गराउदै आएपनि सडकको मर्मतमा कुनै चासो नदेखाएको र अब मन्त्रीनै सडक निरीक्षण गर्न आएकाले बाटो बन्ने हो कि भन्ने कुरा आशावादीरहेको बताइन ।
निरीक्षण टोलिमा मन्त्री शाहीसँगै जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नगर प्रमुख थापा, उपप्रमुख दधिराम अर्याल, वडा अध्यक्ष बसन्त राज दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेल राजु के सी, प्रकाश बार्हघरे लगायतको सहभागिता रहेको थियो।
मन्त्री शाहीले सडक निरीक्षणकै क्रममा सुनवल ७ तरगौलीमा रहेको ऐतिहासिक देवदह तालको पनि अवलोकन गरेका थिए ।

यो पनि
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology