Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक आन्दोलन

सरकार र शिक्षक वार्ता निष्कर्षउन्मुख, कक्षा १२ को परीक्षा समयमै हुने

सरकार र शिक्षक वार्ता निष्कर्षउन्मुख, कक्षा १२ को परीक्षा समयमै हुने

images
  • सरकार र शिक्षक वार्ता निष्कर्षउन्मुख, कक्षा १२ को परीक्षा समयमै हुने
    images
    images

    काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएका द्विपक्षीय वार्ता निष्कर्षउन्मुख देखिए पनि औपचारिक सहमति भने भएको छैन । आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष लचक देखिए पनि, वार्ता अझै टुंगोमा पुगेको छैन ।

    images
    images
    images

    वार्ता सकिएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट संकेत दिइन्। उनले विद्यार्थीको भविष्यप्रति महासंघ जिम्मेवार रहेको भन्दै परीक्षा अवरुद्ध नहुने बताइन् ।

    images
    images
    images

    मंगलबार रातिसम्म चलेको वार्तामा महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको बुझिएको छ । वार्तामा सहभागी एक मन्त्रीका अनुसार, ती माग मन्त्रिपरिषदबाट पारित भए महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । महासंघले सहमतिको न्यूनतम बिन्दु सरकारलाई बुझाइसकेको र त्यसअनुसार बुधबार बस्ने बैठकमा आन्दोलनको नयाँ मोडालिटीबारे निर्णय गरिने जनाएको छ ।

    images
    images
    images

    दुई सातासम्म रोकिएको संवाद फेरि सुरु भएको छ । वार्ता सकिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले संवाद सकारात्मक दिशामा अघि बढेको र चाँडै निष्कर्ष निकाल्ने प्रयास भइरहेको प्रतिक्रिया दिए ।

    महासंघले चैत २० गतेदेखि आफ्ना विविध माग राख्दै आन्दोलन सुरु गरेको हो । २८ दिन लामो आन्दोलनका कारण सार्वजनिक शिक्षामा व्यापक असर परेको छ । माग सम्बोधनमा सरकारले देखाएको तत्परताको पृष्ठभूमिमा मंगलबारको वार्तालाई निर्णायक मानिएको छ ।

    यसअघि निवर्तमान शिक्षामन्त्री विद्याभट्ट भट्टराईले शिक्षक आन्दोलनसम्बन्धी ७ बुँदे प्रस्ताव तयार पारेकी थिइन् । मंगलबारको वार्तामा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोली सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।