Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक : १२७ दफामा सहमति, बाँकी छिटो टुंग्याइने

विद्यालय शिक्षा विधेयक : १२७ दफामा सहमति, बाँकी छिटो टुंग्याइने

images
  • विद्यालय शिक्षा विधेयक : १२७ दफामा सहमति, बाँकी छिटो टुंग्याइने
    images
    images

    काठमाडौ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ दफामध्ये १२७ दफामा सहमति भइसकेको बताएका छन् ।आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै विद्यालय शिक्षा विधेयक उपसमितिका संयोजक समेत रहेका विश्वकर्माले १६३ दफामध्ये १२७ दफामा टुंगो लागिसकेको र बाँकी दफामाथि छिटो निर्णय लिइने बताए। 

    images
    images
    images

    उनले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्ने काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समयसीमाभित्र उपसमिति काम सक्ने दाबी गरे।

    images
    images
    images

    "हामीले कामलाई निरन्तर अघि बढाउँदैछौँ। आज २७औं बैठक सम्पन्न गरेका छौँ। अर्को बैठक पनि आज नै बस्नेछ।" उनले भने, "विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरेका छौँ र संशोधनकर्ता सदस्यहरूको सुझाव पनि हेरेका छौँ। सातै प्रदेशमा राय सुझाव संकलन गरेका छौँ र यसलाई आधार मानेका छौँ।"

    images
    images
    images

    सांसद विश्वकर्माले शिक्षक महासंघका सुझावहरू पनि सकारात्मक ढंगले अघि बढाउने बताए। उनले शिक्षकहरूलाई वार्ता गर्न तयार रहन र आन्दोलन रोक्न आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।