Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

जायज माग पुरा हुन्छन्, शिक्षकहरु विद्यालय फर्किनुपर्छ : सांसद महत

जायज माग पुरा हुन्छन्, शिक्षकहरु विद्यालय फर्किनुपर्छ : सांसद महत

images
  • जायज माग पुरा हुन्छन्, शिक्षकहरु विद्यालय फर्किनुपर्छ : सांसद महत
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकारका पक्षमा सघाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरू छिटो टुंग्याउनुपर्ने धारणा राखे । विद्यालय शिक्षा ऐन पारित गर्न अझै केही समय लाग्ने भएकाले शिक्षकहरू विद्यालय फर्किएर सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    उनले भने, “शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरू हामीले अघिदेखि नै प्रतिवद्धता जनाएका हौं, ती मागहरू चाँडो टुंग्याइनुपर्छ । विधेयक संसदबाट पास गरेर कानुनी रुप दिनुपर्छ। शिक्षक साथीहरूले विद्यार्थीको शिक्षा अधिकारका पक्षमा उभिनुपर्छ ।”

    images
    images
    images

    उनका अनुसार सरकार वार्ता गरेर तत्काल पूरा गर्न सकिने विषयमा सहमति जुटाउने र नसकिने विषयबारे शिक्षकहरूलाई प्रस्ट पार्ने तयारीमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।