Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना

देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना

images
  • देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना
    images

    काठमाडौं । स्थानीय वायुले प्रभावले देशभरको तापक्रम क्रमशः बढ्दो अवस्थामा छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा छ । गण्डकीका केही पहाडी स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सामान्य रहनेछ । ती प्रदेशका पहाडी क्षेत्रमा कतैकतै मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

    images
    images
    images

    त्यस्तै ती पहाडी क्षेत्रमाथिका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ ।

    images
    images

    आज राति पनि यस्तै अवस्थाको निरन्तरता रहने पूर्वानुमान गरिएको छ ।

    मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने अत्यधिक गर्मी बढ्ने देखिएको छ । 

    लुम्बिनी प्रदेशका केही स्थानमा तातो लहर चल्न सक्ने भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।