एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जमशोरो जिल्लामा यात्रुवाहक भ्यान खोलामा खस्दा १३ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले २० जना घाइते भएको पुष्टि गरेका छन् ।
सडकबाट अनियन्त्रित हुँदै खसेको भ्यानमा ३० जना भन्दा बढी सवार थिए । गहुँको कटनी सकेर घर फर्किरहेका उनीहरू खेतमै काम गरिरहेका मजदुर थिए ।
ज्यान गुमाउनेमा चार बालबालिका पनि छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको र धेरैजसो महिला र बालबालिका रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology