Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा विधेयक

शिक्षा विधेयक वैशाखमै पारित गर्ने तयारी

शिक्षा विधेयक वैशाखमै पारित गर्ने तयारी

images
  • शिक्षा विधेयक वैशाखमै पारित गर्ने तयारी
    images
    images

    काठमाडौं । विद्यालय शिक्षालाई सम्बोधन गर्ने गरी शिक्षा विधेयक आगामी अधिवेशनमै पारित गरिने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । बुधवार सभामुख देवराज घिमिरेसँग प्रमुख सचेतकहरूको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै बर्तौलाले वैशाख १२ गतेदेखि सुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता जनाएका हुन् । 

    images
    images
    images

    उनले भने—“विधेयक संसदमा आइपुग्न वैशाखको अन्तिम सातासम्म लाग्न सक्छ । त्यसपछि नीति तथा कार्यक्रम होल्ड गरेर भए पनि विधेयक पारित गरिन्छ।”

    images
    images
    images

    बर्तौलाले शिक्षा उपसमितिबाट समितिमा प्रतिवेदन आएलगत्तै बिना ढिलाइ संसदमा पेस गरिने र अन्य सरकारी कार्यसूचीलाई पछि सारेर भए पनि विधेयक पारित गरिने बताए । “हामीले एक दिन पनि समय खेर जाने अवस्था आउन दिने छैनौं,” बर्तौलाले भने । उनले शिक्षकहरूसँग शिक्षाप्रतिको जवाफदेहिता पनि अपेक्षित रहेको र आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा फर्कन आग्रह गरे ।

    images
    images
    images

    नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वैशाख १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने जानकारी दिए । शिक्षा विधेयकबारे सभामुखसँगको छलफलमा विशेष चर्चा नभएको तर विधेयक संसदमा आएपछि प्राथमिकताका साथ अघि बढाइने निर्णय भएको बताए । “शिक्षकहरूको माग सम्बोधन हुने गरी विधेयक ल्याउन समिति र संसद दुवै तयार छन्,” उनले स्पष्ट पारे।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शिक्षा ऐन शिक्षकहरूको माग मात्रै नभएर सम्पूर्ण शिक्षा प्रणालीको मेरुदण्ड भएको बताए । “शिक्षा विधेयक धेरै पहिल्यै आउनुपर्ने थियो, अब संसद तयार छ। शिक्षकहरूले समय दिनुपर्छ,” उनले भने ।

    परियारले शिक्षा विधेयक राजनीतिक उपलब्धि हो भन्ने धारणा राखे । “हिजोको कानुनमा अडिएर बस्न सकिन्न । यो सुधारको ऐन हो,” उनले भने । शिक्षामन्त्रीको राजीनामालाई उनले प्राविधिक विषय ठहर गर्दै विधेयकको प्रक्रिया र मर्मलाई ठूलो मान्नुपर्ने बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।