Logo

२०८३, आश्विन १०गते


images
images

कक्षा १२ को परीक्षा अन्यौलमा : बोर्डको आकस्मिक बैठक बस्दै

कक्षा १२ को परीक्षा अन्यौलमा : बोर्डको आकस्मिक बैठक बस्दै

images
  • कक्षा १२ को परीक्षा अन्यौलमा : बोर्डको आकस्मिक बैठक बस्दै
    images
    images

    काठमाडौं । शिक्षक आन्दोलन चर्किएसँगै शिक्षामन्त्रीको राजीनामाले कक्षा १२ को परीक्षा अन्यौलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डको आकस्मिक बैठक आज बस्दैछ।

    images
    images
    images

    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बैठक बिहान ८ बजेका लागि बोलाइएको जानकारी दिए । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा अब तोकिएको मितिमा हुने/नहुने स्पष्ट छैन।

    images
    images
    images

    परीक्षा सञ्चालनका लागि खटिने शिक्षकहरू नै सडक आन्दोलनमा छन्। शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघ आन्दोलित बनेको छ। महासंघले आन्दोलनकै क्रममा कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    शिक्षकहरूको अवज्ञा र राजनीतिक दबाबबीच शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्रीको राजीनामा र शिक्षकको परीक्षा बहिष्कारको निर्णयले परीक्षा सहज सञ्चालनको सम्भावना झन् कमजोर देखिएको छ।

    यही परिस्थितिमा परीक्षा बोर्डको बैठक बस्न लागेको हो । बैठकमा परीक्षा तोकिएको मितिमा हुने वा सार्ने, वैकल्पिक व्यवस्थापनको सम्भावना, वा परीक्षा स्थगनजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।