बेइजिङ । चीनको राजधानी बेइजिङमा मानिस र रोबोटबीचको अद्भुत प्रतिस्पर्धा देखिएको छ। विश्वकै पहिलो हाफ म्याराथनमा सहभागी भएका ह्युमनोइड रोबोटहरूले २१ किलोमिटरको दुरी तय गरेका छन्।
बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरले आयोजना गरेको प्रतियोगितामा केही रोबोटहरू मानिसजस्तै थकित देखिए भने कतिपयले जुत्ता लगाएरै दौडे। प्रत्येक रोबोटको पछाडि प्राविधिक विज्ञहरूको टोली खटिएको थियो। दौडको क्रममा तीनपटकसम्म ब्याट्री फेर्नु परेको थियो।
प्रतियोगितामा टिएन कुङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा फिनिश लाइन पार गर्दै पहिलो स्थान हात पार्यो। नोएटिक्सको एन२ दोस्रो र ड्रॉइडअपको रोबोट तेस्रो स्थानमा आए।
प्रतियोगितामा सहभागी भएका ६ वटा ह्युमनोइड रोबोटहरूले दौड पूरा गर्न सफल भएका छन्। यो घटनालाई प्राविधिक विकासको क्षेत्रमै नयाँ युगको सुरुवातको रूपमा हेरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology