Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

सवारी दुर्घटनामा आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु

सवारी दुर्घटनामा आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु

images
  • सवारी दुर्घटनामा आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु
    images
    images

    तनहुँ । तनहुँमा भएको सवारी दुर्घटनामा आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको ज्यान गएको छ । जिल्लाको भानु नगरपालिका वडा नं १० मा आइतबार माइक्रो र स्कुटर ठोक्किदा दुईजनाको मृत्यु भएको डुम्रे प्रहरीले जनाएको छ ।

    images
    images
    images

     बा २ ख ४९२२ नं को माइक्रो र  ग २६ प ४०५८ नं को स्कुटर ठोक्किदा स्कुटरमा पछाडि सवार लमजुङका अनिता थापा र माइक्रोमा सवार मनाङको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन बहादुर घलेको मृत्यु भएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार स्कुटरलाई ठक्कर दिएपछि माइक्रो भित्तामा ठोक्किएको थियो । दुर्घटनामा केही घाइते भएको र घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।