देवदह । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षक आन्दोलन आज पनि माईतीघर मण्डलामा जारी रह्यो। २२ दिनदेखि काठमाडौंमा धर्ना दिइरहेका शिक्षकहरूले सरकारले ऐन ल्याउने संकेत नदिएसम्म संघर्ष नछाड्ने अडान दोहोर्याएका छन्।
शिक्षामन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर आफ्नो कुरा राखिएको भए पनि कुनै ठोस निर्णय नआएको उनीहरूको गुनासो छ। आन्दोलनमा सहभागी एक शिक्षक भन्छन्, ‘वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा हामी सहभागी हुने अवस्था छैन।’
'यो सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने समय हो।' उनले भने, 'शिक्षकले ऐन नआएसम्म आन्दोलन जारी राख्ने छन ।
शिक्षकहरूको प्रदर्शन शनिबारसम्म बिहान ११ बजेदेखि ४ बजेसम्म चलिरहेको थियो। तर आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने निर्णय गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology