Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा

images
  • कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा
    फाईल फोटो
    images

    काठमाडौं । देशमा हाल स्थानीय वायु र पश्चिमी वायुको प्रभाव सक्रिय छ। यसको असरले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    images
    images
    images

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र अन्य भागका थोरै ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

    images
    images
    images

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत छ।

    images
    images

    आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम छ।

    मौसममा देखिएको यो गतिविधिका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।