Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेशले आज बजेट ल्याउँदै, प्रदेश बैंक स्थापना र शैक्षिक सुधारका कार्यक्रम थपिने

लुम्बिनी प्रदेशले आज बजेट ल्याउँदै, प्रदेश बैंक स्थापना र शैक्षिक सुधारका कार्यक्रम थपिने

images
  • लुम्बिनी प्रदेशले आज बजेट ल्याउँदै, प्रदेश बैंक स्थापना र शैक्षिक सुधारका कार्यक्रम थपिने
    फाइल फोटो
    images
    images

    बुटवल । तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्नेगरी मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले आज संसदमा बजेट पेश गर्दैछ।

    images
    images
    images


    आज दिउसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन् ।

    images
    images
    images


    एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। तत्कालिन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै यसलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउन लागिएको सरकारले जनाएको छ । 

    images
    images
    images


    नयाँ बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु-साँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लगायतका नयाँ कार्यक्रम समेटिने मुख्यमन्त्री स्रोतले बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।