Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

देशभर वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

देशभर वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

images
  • देशभर वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
    फाईल फोटो
    images

    काठमाडौँ । अहिले देशभरि मुख्यत: स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

    images
    images
    images

    कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना देखिएको छ।

    images
    images
    images

    रातिपनि यो अवस्था निरन्तर रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।