Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक आन्दोलन

आन्दोलनरत शिक्षकलाई सरकारको प्रश्न : राजतन्त्र ल्याउन खोजेको हो ?

आन्दोलनरत शिक्षकलाई सरकारको प्रश्न : राजतन्त्र ल्याउन खोजेको हो ?

images
  • आन्दोलनरत शिक्षकलाई सरकारको प्रश्न : राजतन्त्र ल्याउन खोजेको हो ?
    images
    images

    काठमाडौं । मन्त्रीपरिषद बैठकले शिक्षक र सडकमा जाने चेतावनी दिइरहेका निजामती कर्मचारीलाई राजतन्त्र ल्याउन खोजेको आरोप लगाएको छ। राजावादीले आन्दोलन गरिरहेको अवस्थामा विद्यालय र प्रशासन ठप्प पारेर सरकारलाई असहयोग नगर्न मन्त्रीपरिषदले सचेत गराएको छ ।

    images
    images
    images

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारका कामकारबाहीमा प्रभाव पार्नेगरीका आन्दोलन उचित नभएको बताएका हुन् । ‘अहिले शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । निजामति कर्मचारीले पनि आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकार ठप्प पारेर आन्दोलन गर्ने कुराले शासन प्रशासन कसरी चल्छ,’ उनले भने, ‘सरकार ठप्प पारेर राजतन्त्र ल्याउन खोजेको हो ?’

    images
    images
    images


    सबैको समस्या समाधान सरकारले गर्ने आश्वासन दिँदै उनले आन्दोलनका कार्यक्रम नगर्न शिक्षक र निजामती कर्मचारीलाई आग्रह गरे । शिक्षकहरू विद्यालय भर्ना अभियानमा फर्किनुपर्ने बताए । 

    images
    images
    images

    आफ्नो पेशागत मर्यादालाई ख्याल गर्दै कामकारबाही गर्न उनले शिक्षक र कर्मचारीलाई आग्रह गरेका छन् । विद्यालय शिक्षा विधेयक फास्टट्र्याकमा पारित गर्ने आश्वासन उनले दिएका छन् । मुलुकको अप्ठ्यारो परिस्थिति र सरकारको अनुरोधलाई ख्याल गर्दै अघि बढ्न उनले शिक्षकहरूलाई आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।