काठमाडौँ । देशमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। यसको असरले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी क्षेत्रमा मौसम खुलेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी स्थानमा चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ।
दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सफा मौसम रहने संकेत छ। कोशी, गण्डकी र कर्णालीका केही पहाडी ठाउँहरूमा र अन्य थोरै स्थानमा समेत चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। उच्च पहाड र हिमाली भेगका केही स्थानमा हल्का पानीसहित हिमपातको पनि सम्भावना छ।
राति कोशी प्रदेशसहित पहाडी भेगमा बादल लाग्नेछ भने अन्य क्षेत्र सफा हुनेछन्। कोशी, बागमती र गण्डकीका केही पहाडी ठाउँमा चट्याङसहित हल्का पानी पर्ने संकेत देखिएको छ। यस्तै, ती प्रदेशहरूसँगै कर्णालीको हिमाली भेगमा हिमपात पनि हुन सक्ने देखिएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड र हिमाली भेगमा हुने सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, खेतीपाती, स्वास्थ्य, सडक र हवाई यात्रामा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology