Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय व्यापार

अन्तर्राष्ट्रिय विश्लेषक भन्छन् : भन्सार शुल्क वृद्धिले अमेरिकामै चोट

अन्तर्राष्ट्रिय विश्लेषक भन्छन् : भन्सार शुल्क वृद्धिले अमेरिकामै चोट

images
  • अन्तर्राष्ट्रिय विश्लेषक भन्छन् : भन्सार शुल्क वृद्धिले अमेरिकामै चोट
    images
    images

    एजेन्सी । अमेरिकाले बढाएको भन्सार शुल्कले आफैँलाई चोट पुर्‍याइरहेको जनाइएको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले शुल्क वृद्धिले अमेरिकी कम्पनी र उपभोक्ताको खर्च बढाएको निष्कर्ष निकालेका छन्।

    images
    images
    images

    मोजाम्बिकको सार्वजनिक अखण्डता केन्द्रमा आवद्ध अर्थशास्त्री गिफ्ट एसिनालोले अमेरिकी अर्थतन्त्र नै बाहिरी उत्पादनहरूमा निर्भर भएकाले भन्सार वृद्धिको प्रभाव अन्ततः विनाशकारी बन्न सक्ने टिप्पणी गरेका छन्। उनका अनुसार लागत बढ्दै जाँदा आन्तरिक बजार अस्थिर बन्ने खतरा बढेको छ।

    images
    images
    images

    स्पेनी व्यापार विज्ञ जोसेप मारिया गोम्सका नजरमा डोनाल्ड ट्रम्पले अघि सारेको नीति आफैँमाथि फर्किएको छ। उता बोस्निया र हर्जेगोभिनाका व्यवसायी मारियो क्युलले दैनिक उपभोग्य सामानमा अमेरिकी जनताले चर्को मूल्य तिर्नुपरेको बताए।

    images
    images
    images

    उनीहरूको बुझाइमा अबको अवस्था सामान्य छैन। व्यापारिक स्वार्थले निर्देशित यस्तो नीति अन्ततः आफैँलाई भारी पर्न थालेको उनीहरूको ठम्याइ छ। यो अवस्था ‘नयाँ युग’ को सङ्केत भएको उनीहरूको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।