देवदह । चैत्र २ गते सम्पन्न बौद्ध धम्म यात्राको समिक्षा तथा सम्मान कार्यक्रम देवदहमा सम्पन्न भएको छ । धम्म यात्रा व्यवस्थापनमा खटिएका संस्थाहरु देवदह बौद्ध विहार देवदह–५ र बौद्ध स्तुपा देवदह–३ रुपन्देहिको आयोजनामा कार्यक्रम भएको हो ।
देवदह ३ सेमराहनामा भएको कार्यक्रममा यात्राका सह संयोजक चक्रबन्धु थापाले एक लाख ६९ हजार चार सय १५ रुपैंया आम्दानी र एक लाख ५३ हजार ११ रुपैंया वरावरको खर्च विवरण प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बौद्ध शिक्षा विश्वमै वैज्ञानिक शिक्षा रहेको उल्लेख गर्दै बुद्धको मावली क्षेत्रको नाताले पनि देवदहवासीहरु बौद्ध शिक्षा प्रति उत्साहित हुनुपर्ने बताए । उनले देवदहमा बौद्ध लाइब्रेरीको योजना अघि बढाइएको जानकारी दिँदै त्यसो हुन सकेमा बुद्ध सम्बन्धि अध्ययन गर्न सहज हुने र बौद्ध अनुयायिहरुको संख्या बढ्ने तर्क गरे ।
थाई धम्मकाय संस्थाको आयोजनामा फाल्गुन पुर्णिमाको दिन देवदह, बुटवल र सिद्धार्थनगरमा धम्म यात्रा गरिएको जानकारी दिँदै उनले थाइल्याण्डका भिक्षुहरु लुम्बिनी आउँदा देवदहका बुद्ध बिहार भिजिट गर्ने वातावरण निर्माण गर्न समाज लागिरहेको बताए ।
‘बौद्ध समज नेपालले थाई भिक्षुहरुलाई देवदह आउने वातावरणका लागि अन्तरक्रिया गरिरहेको छ ।’ उनले भने, ‘थाइल्याण्ड ाट प्रकाशन हुन लागेको बौद्ध सम्बन्धी कितावमा यसवर्ष धम्म यात्रा गर्ने देवदहका स्थानीय विहार र गुम्बा हरुको नाम उल्लेख भएकाले पनि त्यसको सम्भावना बढेको छ ।’
सोहि अवसरमा बोल्दै नेपाल मगर संघ केन्द्रिय सह अध्यक्ष दलबहादुर बिरकट्टा मगरले विगत २ बर्ष यता रुपन्देहिमा धम्मयात्रा थालनी भएकोमा खुसि व्यक्त गरे । स्थापना कालदेखी नै नेपाल मगर संघले बौद्ध धर्म प्रचारका लागि काम गरिरहेको बताउँदै उनले बौद्ध शिक्षाप्रती विद्यार्थिलाइ आकर्षित गर्नुपर्ने बताए । उनले बौद्ध शिक्षालाई देवदहका सम्पूर्ण घरघरमा पुर्याउनुपर्नेमा जोड दिए ।
धम्म यात्राका संयोजक भविन्द्र थापाको अध्यक्षता, वेद बहादुर सर्वुजा मगरको स्वागत र भवि थापाको सञ्चालनमा भएको कार्यक्रमको अवसरमा यात्रामा सहयोग गर्ने सहयोगिहरुलाई सम्मानपत्र द्धारा सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology