Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

इजिप्टद्धारा इन्धनको मूल्यमा १५ प्रतिशत वृद्धि

इजिप्टद्धारा इन्धनको मूल्यमा १५ प्रतिशत वृद्धि

images
  • इजिप्टद्धारा इन्धनको मूल्यमा १५ प्रतिशत वृद्धि
    images
    images

    काठमाडौं । इजिप्टले शुक्रवार इन्धन उत्पादनको मूल्य लगभग १५ प्रतिशतसम्म बढाएको छ । जुन २०२५ मा पहिलो पटक इन्धन अनुदान घटाउने आर्थिक सुधारको बीचमा वृद्धि भएको इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । विज्ञप्ति अनुसार ग्रेडको आधारमा पेट्रोलको मूल्य १४.५ प्रतिशतले बढेको छ । 

    images
    images
    images

    इन्धन स्वचालित मूल्य निर्धारण समितिले डिजेल इन्धनको मूल्य प्रतिलिटर १५.५० इजिप्टियन पाउण्ड, ८०–अक्टेन पेट्रोल १५.७५ पाउण्ड, ९२–अक्टेन १७.२५ पाउन्ड र ९५–अक्टेन १९ पाउन्डमा समायोजन गरेको छ । 

    images
    images
    images

    यसैबीच ब्युटेन खाना पकाउने ग्यासको मूल्य १५० पाउण्डबाट बढाएर २०० पाउण्ड प्रतिसिलिन्डर पु¥याइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको आठ अर्ब अमेरिकी डलरको समर्थन प्याकेजले आवश्यक आर्थिक सुधारले सरकारलाई इन्धन, बिजुली र खाद्य पदार्थको मूल्य बढाउन बाध्य पारेको छ । यद्यपि सरकारले अनुदानित वस्तुहरूको कटौतीलाई सन्तुलनमा राख्न सामाजिक सुरक्षा कार्यक्रम बिस्तार ग¥यो ।

    images
    images
    images

    बिजुली उत्पादन र खाद्य उद्योगहरूमा प्रयोग हुने माजुटको मूल्य अपरिवर्तित छ । पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आगामी ६ महिनाको लागि अर्को इन्धन मूल्य वृद्धिलाई विचार नगर्ने बताएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्धनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।