Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटन

५० लाख चिनियाँ पर्यटक आए अर्थतन्त्र रूपान्तरण हुन्छ : सुरेन्द्र पाण्डे

५० लाख चिनियाँ पर्यटक आए अर्थतन्त्र रूपान्तरण हुन्छ : सुरेन्द्र पाण्डे

images
  • ५० लाख चिनियाँ पर्यटक आए अर्थतन्त्र रूपान्तरण हुन्छ : सुरेन्द्र पाण्डे
    images
    images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले हरेक वर्ष ५० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउन सकिने वातावरण निर्माण गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो रूपान्तरण सम्भव हुने बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ मा बोल्दै उनले नेपालको आर्थिक उन्नतिका लागि पर्यटन क्षेत्रको विशाल सम्भावनालाई चिनियाँ बजारसँग जोडेर उपयोग गर्नुपर्ने बताए। 

    images
    images
    images

    उनका अनुसार निरन्तर १० वर्षसम्म ५० लाख चिनियाँ पर्यटक नेपाल आउने अवस्था बनेमा नेपालको जीडीपीमा ठुलो उछाल आउन सक्छ र परक्यापिटा इनकम १० देखि १२ हजार डलरसम्म पुग्न सक्छ।

    images
    images
    images

    पाण्डेले नेपालले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै दातृ निकायको भरपर्दा दीगो विकास सम्भव नहुने उल्लेख गरे। “हामीसँग उत्पादन छैन, बेच्ने सीप छैन, त्यसैले दाताले दिएको पनि उपयोग गर्न सक्ने स्थिति छैन,” उनले भने।

    images
    images
    images

    उनले चीनसँगको सहकार्य पर्यटन मात्रै नभई, अन्य उत्पादन र व्यापारिक क्षेत्रमा पनि विस्तार गर्न सकिने बताए। चीनले विश्व राजनीतिक अर्डरलाई नजिकबाट नियालिरहेको भन्दै विश्वको स्थायित्व र राजनीतिक स्थिरतामा चीनको भूमिका निर्णायक हुने दाबी गरे।

    पाण्डेले नेपाल सधैं ‘एक चीन नीति’मा अडिग रहेको स्पष्ट पार्दै चीनले नेपालको आर्थिक विकासमा खेलेको भूमिकालाई महत्त्वपूर्ण बताउँदै धन्यवाद पनि प्रकट गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।