Logo

२०८३, आश्विन ९गते


images
images

नयाँ वर्ष

चार नगरपालिकाले नगरकोट भ्रमण वर्ष आयोजना गर्दै, ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

चार नगरपालिकाले नगरकोट भ्रमण वर्ष आयोजना गर्दै, ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

images
  • चार नगरपालिकाले  नगरकोट भ्रमण वर्ष आयोजना गर्दै, ११ लाख पर्यटक भित्र्याउने लक्ष्य
    images
    images

    काठमाडौं । नयाँ वर्षको अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ मनाइने भएको छ। भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्ष आयोजना गर्न लागेका हुन्।

    images
    images
    images

    नगरकोटमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा भ्रमण वर्षको उद्घाटन राष्ट्रपती रामचन्द्र पौडेलले नयाँ वर्षको दिन वैशाख १ गते गर्ने जानकारी दिइएको छ। कार्यक्रम वैशाख २ र ३ गते पनि जारी रहनेछ।

    images
    images
    images

    मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाका अनुसार नगरकोटको प्रकृति, संस्कृति र इतिहासलाई प्रचारप्रसार गर्न नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमण वर्ष सञ्चालन गर्न लागिएको हो। उनका अनुसार भ्रमण वर्षभित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरियोस् भन्ने मुख्य उद्देश्य रहेको छ।

    images
    images
    images

    उनले एक लाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी दिएका छन्। भ्रमण वर्षलाई लक्ष्य गरेर नगरकोट–काठमाडौं सिधा बस सेवा सुरु भइसकेको छ। होटल व्यवसायीहरूले वैशाख १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर बसाइमा १० प्रतिशत छुट दिने घोषणा गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।