भूमिकाः
अर्थ राजनीतिको उत्पत्ति पूँजीवादी समाज व्यवस्थाको विश्लेषणको रूपमा भएको हो । पूँजीवादी अर्थशास्त्री आडम स्मिथ, डेविट रिकार्डो आदिको अनुसन्धानबाट अगाडि बढेको यसलाई कार्ल माक्सले राजनीतिक अर्थतन्त्रको समष्टिगत प्रणालीको विकास गरेर मानव समाजको पूँजीवादबाट समाजवादमा अनिवार्य रूपान्तरणको औचित्य र आवश्यकता सावित गरे । अर्थ राजनीतिले आमरूपमा मानव समाजका विभिन्न चरणका उत्पादन सम्बन्धबारे अध्ययन गर्दछ । त्यसैले क. माओले अर्थ राजनीतिक र ऐतिहासिक भौतिकवाद दृष्टिकोणलाई नजिकको बन्धु भन्नु भएको छ । (सोभियत अर्थशास्त्रको आलोचना पेज नं.५१) किनकिः उत्पादन सम्बन्ध अन्तरर्गत उत्पादनको साधनको स्वामित्व उत्पादनको क्रममा मानिसहरूको संम्बन्ध र वितरण प्रणाली पर्दछन् भने उत्पादन सम्बन्धको अध्ययनको निम्ति साथमा उत्पादक शक्तिका र उत्पादन सम्बन्धमा उपरिसंरचनाको सकारात्मक र नकारात्मक प्रभावको पनि अध्ययन गर्नुपर्दछ । अर्थ राजनीतिले एउटा सामाजिक उत्पादन प्रणालीबाट अर्को सामाजिक उत्पादन प्रणालिमा रूपान्तरणको अध्ययन गर्दछ । माक्र्सवादी अर्थ राजनीतिमा माओले विश्लेषण गर्नुभएको छ । १) जनवादको अर्थ राजनिति २) समाजवादको अर्थ राजनीति ३) अर्थ राजनीतिको सिद्धान्त ४) यहा हामीले पनि नेपाल अर्धसामन्ति र अर्ध औपनिवेशिक मुलुक भएको र किसानहरूको वर्ग विश्लेषणसहित नोकरशाही पूँजीवादी अवधारणा पनि बिद्यमान हुँदा जनवादी अर्थ राजनीति र त्यसमा छिमेकी मुलुकले पार्ने प्रभाव नै केन्द्रित हुनु आवश्यक छ ।
हामीले राम्ररी बुझेका छौँ, अर्थ राजनीतिमा कं.माओले चीनको जनवादी क्रान्तिले गरेको योगदान र विकास नेपालकै सन्दर्भमा पनि केहि हदसम्म समान रहन्छ । वहाँले प्राक पूँजीवादको समाज र उत्पिडन राष्ट्रहरूको वर्ग विश्लेषण र त्यसमा प्राक पूँजीवादी प्रणालीहरूको पूँजीवाद हुँदै समाजवादमा रूपान्त्रणको प्रक्रिया नै नयाँँ जनवादी अर्थ राजनीतिक रहने भन्नुभएको छ । त्यो नेपालको लागि पनि सान्दर्भिक छ । कं. माओले अर्ध औपनिवेशिक समाजको विश्लेषण मात्र गर्नु भएन सर्वहारा क्रान्तिको केन्द्रहरूको व्यवस्थापन गर्नुभयो । उहाको भनाई थियो - पश्चिमी युरोप र उत्तर अमेरिकाका विकास पूँजीवादी देशमा सर्वहारा क्रान्तिका केन्द्र थिए । साम्राज्यवादको विकाससँगै क्रान्तिका केन्द्रहरू पश्चिमबाट पूर्वतिर सरे भने अक्टुबर क्रान्ति पछि अझै पूर्व र दक्षिणका पिछाडिएका प्राक पूँजीवादी समाज र उत्पिडित राष्ट्रतिर सर्दै गए । लेनिन र तत्कालिन अन्र्तराष्ट्रियले पिछडिएका र उत्पिडित राष्ट्रहरूको वर्ग विश्लेषण गरेर क्रान्तिका बारेमा अनुसन्धान गर्नुभयो भने कं. माओले साम्राज्यवाद र सामन्तवादबीचको त्यो प्रतिगामी गठबन्धनको लेखाजोखा गर्दे त्यस्तो समाज अर्ध सामन्ति र अर्ध औपनिवेशिक भन्ने नामकरण गर्नुभयो र त्यसैमा अर्थ राजनीतिलाई संयोजन गर्नुभयो । चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिष्ट पार्टी (१९३९) र नयाँ जनवाद बारे (१९४०) चीनी माक्र्सवादी विज्ञान र अर्थ राजनीतिका कोशेढुङ्गा नै हुन जो नेपालको लागि पनि महत्वपुर्ण छन । किनकीः देशको आन्तरिक र बाह्य बर्ग सम्बन्धको छानबिन र विश्लेषण गरेर शत्रुहरू भित्रहरूको किटान बिना त्यो देशले आर्थिक क्षेत्रमा प्रगति गर्न सक्दैन ।
१. नेपाल भारत सम्वन्धी अर्थ राजनीति
नेपालको आर्थिक स्थिति कंमजोर हुनमा अर्थात अल्पविकसितसित अवस्थामा रहनु प्राकृतिक स्रोत साधन कमि भएर वा नेपालका जनताको अल्छिपनाले भएको होईन । यसको लागि देशको भित्र र बाहिर प्रतिगामी वर्ग सम्बन्धको कारण नै हो भन्ने कुराको सन् १८१६ को सुगौली सन्धी पहिलेको अवस्था र त्यसपछिको अवस्थालाई अध्ययन गर्न सकिन्छ । नेपाल पहिलो ब्रिटिश उपनिबेशिकको उत्पिडनमा प¥यो । त्यसले सन् १८१६ को औपनिवेशिक संन्धि र सन् १९२३ को बाणिज्य सन्धि जसले नेपाललाई भारतको साझा बजार बनायो । त्यसपछि सन् १९५० को आसमान संन्धि र खुल्ला सिमानाका कारण बाह्य साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको ध्वंशात्मक प्रभाव प¥यो जसको कारण सन् १९५० को दशकपछि विश्व सामाज्यवादसँग व्यापार, वित्तिय र अन्य विविध प्रकारले गासिदै गयो त्यसले अल्पविकसितसित परमुखी हुँदै गयो । हो, भारतसित नेपाली जनताको सम्बन्ध आर्थिक, सामाजिक, संस्कृतिक, भाषिक या धार्मिक र राजनितिक अन्य देशभन्दा नजिकको हो । भारतमा बिट्रिस औपनिवेशवादी विरोधी आन्दोलनमा नेपालको पनि भूमिका रह्यो । राणाहरूले त्यो आन्दोलनबाट प्रभाबित भएर जमिन्दारहरूलाई जमिनको स्वामित्व पनि दिए । राणाहरूले नेपालमा टिक्न नसकेर आफ्नो चल सम्पत्ति लिएर भारत पसे भने भारतको संघर्ष बर्गीय विचारधारात्मक प्रतिनिधित्व थिएन । बरु आर्थिक रूपले सम्पन्न, सास्कृतिक रूपमा उच्च कुलिन र सामन्त परिवारले आन्दोलनको नेतृत्व शहरदेखि गाउँसम्म गरेका थिए । स्वतन्त्र संघर्षको बिजय पछि भारतले छिमेकी मुलुकलाई शंकाको दृष्टिले हेर्न थाल्यो भारतले पाकिस्तानसंग पटकपटक शंका ग¥यो भने चीनसँग सिमा जोडिएको हुनाले र विवाद पनि बनेको हुँदा स्वभाविक रूपले नेपाल रणनितिको थलो बन्यो । चिनियाँ क्रान्ति वर्गीय दृष्टिकोणको थियो । त्यसैले नेपाललाई हेर्ने दृष्टिकोण भिन्न छ भने भारतको स्वतन्त्र संघर्ष बर्गीय रूपमा नहुँदा नेपाललाई हेर्ने दृष्टिकोण हेपहा प्रवृत्तिको छ । र यिनी दुई छिमेकिलाई आकाश जमिनको रूपमा हेर्न सकिन्छ । सन् १९५० को सन्धी मार्फत नेपालमा भारतीय शासक बर्गको औपनिवेशिक, औद्योगिक, व्यापारिक, वित्तीय तथा मौद्रिक एकाधिकार कायम रहेको छ । यससित संगै भुपरिबेष्ठित राष्ट्रले पाउँनुपर्ने अधिकार बिपरित व्यापार तथा पारवहान सन्धी र अझ सन्धी संझौताबाट उत्पिडन भएको छ भने, अर्ध औपनिवेशिक सम्बन्धमा आर्थिक, राजनितिक, सैनिक सास्कृतिक, बहुआयम छन् र नेपाल त्यसबाट मुक्ती नपाइकन आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, विकास गर्न अफ्ठ्यारो परेको छ । १९२३ को बाणिज्य सन्धी र १९५० को शान्ति तथा मैत्रि सन्धीले कायम गरेको साझा बजार र खुल्ला सिमानाको कारणले नेपालको वित्तीय र मौद्रिक स्थिति पुर्णरूपले भारती वित्तीय र मौद्रिक नीति र त्यसको अधिनस्त भएको हुँदा राष्ट्रिय पूँजी निर्माण र औद्योगिकरणमा ज्यादै प्रतिकुल असर परेको छ । त्यसबाट निस्कन नेपालले पहल गर्नुपर्दछ । भारतसँग रहेको यो अर्ध औपनिवेशिक सम्बन्धले आन्तरिक वर्ग सम्बन्ध र आर्थिक सामाजिक सम्बन्धको विकास र सारमा राष्ट्रिय पूँजी निर्माणमा ज्यादै नकरात्मक अबसरबाट नेपाल सचेत हुन आवश्यक छ । भारत अहिले आफ्नो मिश्रित अर्थतन्त्र कल्याणकारी राज्यको ठाउँँमा नवउदारवादी अवधारणमा रूपान्तरण हुदैछ । त्यसैले नेपाल प्रतिको दृष्ट्रिकोण भावनात्मक र सामाजिक कम तथा व्यापारिक बढी भएको पाइन्छ । नबउदारवादी अर्थ राजनीति अबधारणामा अगाडि बढेको देशले आफ्नो प्रभाव क्षेत्रमा अरुको प्रबेश अस्वीकार्य गर्नु अस्वभाविक पनि होईन । क्षेत्रीय रूपमा उसले चीनसँग प्रतिस्पर्धा गरेको महशुस गर्दछ र नेपाललाई प्रयोग गर्न चाहन्छ । विश्वकै औद्योगिक शक्तिको रूपमा खडा भएको चीनको प्रभावलाई दक्षिण एशियाबाट कमजोर पार्न उसले संयुक्तराज्य अमेरिकासंग सम्बन्ध बढाएको पाइन्छ । त्यसैले पनि ८ खर्व २० अर्ब ७८ करोड लगभग व्यापार घाटा व्यहोरिरहेको नेपालले संरचनागत परिवर्तन कृषि क्षेत्रमा, औद्योगिकरणमा, कृषि जन्य उद्योगहरूको स्थापनामा, आफ्नै कच्चा पदार्थमा आधारसहित निर्यात सहित अन्य वस्तुहरूको उद्योगहरूको स्थापना गर्न अनिवार्य बन्न गएको छ । साम्राज्यवादी अर्थ राजनीतिबाट सहयोग प्राप्त भारतीय बहुराष्ट्रिय कम्पनिहरूले भारतको राजनीतिमा मात्र प्रभाब पार्दैन, त्यसको असर नेपालको राजनीति र आर्थिक क्षेत्रमा पर्ने छ । त्यसमा नेपाल गम्भीर बन्नै पर्दछ ।
२. चीन र नेपाल सम्बन्धी अर्थ राजनीति :
चीनसँग नेपालको सम्बन्ध मित्रताको छ र व्यापारिक दृष्टिकोणले पनि सम्बन्ध प्रगाढ बनेको छ । चीन पनि अर्धसामन्ती, अर्ध औपनिवेशिक देशबाट परिचित थियो । बिसौं शताब्दीको पहिलो र दोस्रो दशकमा आई पुग्दा चीन संसारकै गरिब मुलुकमा चिनिएको थियो । सानो स्थरमा रहेको औद्योगिक अवस्था तत्काल नेपालकै जस्तै पूँजी, बित्त, प्रबिधिक र बजारको लागि विदेशीमा निर्भर थियो । चीनको नेतृत्व बुर्जुवाबर्गको हातमा थियो र त्यो बर्गले चिनियाँँ जनतालाई संगठित रूपान्तरण गर्न सम्भव थिएन । उत्पीडन जहाँ हुन्छ त्यहा प्रतिरोध हुन्छ भन्ने विज्ञानको नियमनुसार त्यहा बर्ग संर्घषको थालनी भयो । र १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता लियो । चिनियाँ कम्युनिष्ट पार्टीलाई चुनौतीहरू थिए । प्रथम चीनको आर्थिक तथा राजनीतिक दुराव्यवस्थालाई घटाएर पश्चिमी शक्तिको हारहारीमा लैजाने, दोस्रो चिनियाँ जनताको जीवनस्तर उकास्ने, तेस्रो चिनियाँ राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने र विश्वव्यापी रूपमा स्थापित गर्ने । त्यो योजना क्रान्तिको २० वर्षमा जमिन्दारी प्रथा उन्मुलन, दलाल नोकरशाही पूजिवादी र वैज्ञानिक पुँजीलाई १९७० को दशकमा ३० प्रतिशत राष्ट्रिय आयको बचत गरी दोश्रो लक्ष्य हासिल गर्न उत्पादनका साधानहरू राज्यको नियन्त्रणमा लिन केन्द्रीकृत योजना लागु गर्ने, घरेलु बजारमा राज्यको पूर्ण नियन्त्रण राख्ने काम भयो चीनले बितेको २ दशकमा लगभग १० प्रतिशतको हारहारीमा कूल ग्राहस्थ उत्पादनको बृद्धिदरलाई कायम राख्न सक्यो । अर्थशास्त्री रेमन लोटानले उल्लेख गरेका छन् जबकी साम्राज्यवादी मुलुकहरूले त्यस अबधिमा २.४% मात्रा कायम राखे तर चीन प्रतिव्याक्ति आयको हिसाबले पश्चिमी देशहरूको तुलनामा अझै पछाडि र कमजोर छ । माओको मृत्यु पछि देगं स्याओपिङले चीनलाई आधुनिकीकरणतर्फ लगे, चिनियाँँ अर्थतन्त्र समाजवादी ढाचाँ छाडेर आधुनिक पूँजीवादी ढाचाँमा अगाडि बढ्यो । त्यतिबेला चीनको अर्थतन्त्रमा विदेशी पूँजीको सहभागिता बिप्पा सन्धी मार्फत छ र प्रथम बहुराष्ट्रिय कम्पनि लगानी दोस्रो विश्वव्यापि वित्तीय क्रियाकलाप तेश्रो समन्तको नियन्त्रण रहेको विश्वकै, अन्तराष्ट्रिय मुद्राकोष, विश्व व्यापार संघ जस्ताको नियन्त्रण र चौथो विचारधारात्मक र सास्कृति मार्फत चिनियाँ अर्थराजनीतिको पहुँच रहको छ । यिनी कारणले चीनले उद्योगको क्षेत्रमा नयाँँ प्रविधि भित्राउने र दीर्घकालिन व्यवस्थित औद्योगिकरण सफलताका कारण अर्थ राजनिति या अर्थतन्त्रमा राम्रो जग मात्र होइन केहि दशकमा संसारकै ठूलो अर्थतन्त्र भएको देश बन्ने वाला छ । बिगत केहि दशकबाट चीन र भारतको व्यापरिक कारोबार बढेको छ । तर भारत चीनमात्र होइन चीनको बजार बिस्तार विश्वमा बनाउने कोशिसमा छ ।
भारत र चीनको सिमा बिवादले बीचमा नेपाल भएकोले रणनितिक महत्व राख्दछ । त्यसैले नेपालको पूर्वधार निर्माणमा चीनको चासो बढेको छ भने भारतले त्यसलाई अबरुद्ध गर्ने कोशिशमा छ । चीनको सिग जियाङ्ग तथा तिब्बतमा भैरहने सघर्ष र अमेरिकाको चासो भारत मार्फत बढेर तिब्बतिहरू नेपालको बाटो भारत जाने बारे चीनपनि सशंकित हुने गरेको छ । नेपालमा भारतको प्रभाव देखेपछि चीन पनि पहाडी भूगोलमात्र नभएर नेपालको तराई क्षेत्रमा पनि चासो बढाएको देखिन्छ । तिब्बतीको विषयलाई लिएर नेपाल चीनसँग कहिँ न कहिँ मुछिने काम भएको पाइन्छ । तर नेपालले दुई छिमेकी मुलुक विरुद्ध नेपालमा कुनैपनि गतिबिधि नहुने वचनबद्धता दिए पनि दुवै मुलुक ढुक्क छैनन् । यी २ मुलुक बीच व्यापार उद्योग वा उत्पादन र प्रयोगमा अस्वस्थ प्रतिस्पर्धा भयो भने त्यसको प्रत्यक्ष मार नेपालले भोग्नु पर्ने देखिन्छ र त्यसको असर नेपालको अर्थ राजनीतिमा पर्ने वाला छ । यिनी दुबै अलग अलग पृष्ठभूमिका देश भए पनि दुई देश बीच समन्वयकारी भूमिका खेल्न नेपाल चनाखो हुने र दुबैलाई सन्तुलनमा राखी अर्थराजनीतिमा पहल पु¥याउनु पर्ने हुन्छ । हामीले एकका विरुद्ध अर्कालाई समर्थन गर्ने नीति भयो भने नेपालको हकमा फलदायक हुँदैन । किनकिः हाम्रो अर्थतन्त्रमा औद्योगिकरण लगभग शून्य छ । दुईवटा छिमेकी मुलुक संसारलाई धान्ने गरी औद्योगिक उत्पादन गरिरहेकोले पनि संरचनागत परिवर्तन नगरिकन आफ्नो अस्थित्व धान्न र अर्थतन्त्रको जग बसाल्न पनि नेपालको लागि गम्भीर प्रश्न बन्न जान्छ । त्यसैले यिनी दुबै मुलुक बीच समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक हुन्छ ।
४. निष्कर्ष
अन्त्यमा विदेशी सहायताले नेपाली समाजका व्यक्ति मुख्यतः अग्रपंक्तीमा रहेका राजनीतिक दलहरू अल्छि बनिसकेका छन् । त्यसले नेपालको अर्थ राजनीतिको क्रान्ति एवं सामाजिक रूपान्तरणको प्रश्न गम्भीर बन्दै गैरहेको छ । यसरी हेर्दा छिमेकी मुलुकहरूको धरातलीय प्रतिस्पर्धा एवं टाढाका छिमेकीहरूको बर्चस्वमा फसेको नेपालको अर्थ राजनीतिका सिमाहरू, भू–राजनीतिक बाध्यताहरूद्धार बाझिएको छ । नेपालको प्रतिस्पर्धा क्षमतालाई जगंबहादुर कुवँरले ठम्माएर भनेका थिए फिरगी बलियो कालले, भोटे बलियो बलले, गोर्खाली बलियो छलले । उनको भनाई सान्दर्भिक छ नेपालले पश्चिमी प्रविधि, चिनियाँ शक्ति र भारतको सर्बब्यापक भित्र नेपालको अनुकुल राजनीति, सामाजिक, आर्थिक स्थापना गर्न निरन्तर प्रयत्न र पर्खि हेर्नमा ध्यान दिनु पर्दछ । त्यसको लागि माक्र्सवादी अर्थ राजनीतिको दर्शन नै नेपालका लागि आवश्यक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology