Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक आन्दोलन

शिक्षकका जायज माग पूरा गर्न देवदह नगरपालिकाको आग्रह

शिक्षकका जायज माग पूरा गर्न देवदह नगरपालिकाको आग्रह

images
  • शिक्षकका जायज माग पूरा गर्न देवदह नगरपालिकाको आग्रह
    images
    images

    देवदह ।  विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको स्थायित्व, सेवा सुविधा र सरुवा–बढुवाका विषय समावेश नभएको भन्दै सुरु गरिएको आन्दोलनले देशभरका विद्यालयको शैक्षिक गतिविधि प्रभावित पारेको छ। चैत्र २० गतेदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौं केन्द्रित रूपमा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनको प्रभाव देवदह नगरपालिकासहित देशभर देखिएको छ।

    images
    images
    images

    देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा शिक्षा ऐनको मस्यौदामा अघिल्लो सहमति अनुसारका विषय नसमेटिनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ। “शिक्षा विना समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन र गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको भूमिका विकल्परहित आधार हो,” विज्ञप्तिमा भनिएको छ।

    images
    images
    images

    प्रमुख खरेलले विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरूको सम्मान गर्दै तिनको कार्यान्वयनमा सरकारको गम्भीर ध्यान जानु पर्ने बताएका छन्। शिक्षकको आत्मसम्मान, सुरक्षा र स्थायित्व कायम नभएसम्म शिक्षाको भविष्य अस्थिर हुने चेतावनी दिँदै उनले सबै पक्षले अपनत्व लिने खालको शिक्षा ऐन निर्माणको पक्षमा आफू रहेको जनाएका छन्।

    images
    images
    images

    नगरपालिकाका अनुसार आन्दोलनका कारण शैक्षिक सत्र २०८२ का भर्ना अभियान, पठनपाठन र अन्य शैक्षिक गतिविधिहरू असहज बन्दै गएका छन्। यस्तो अवस्थामा सरकारले यथाशीघ्र शिक्षकहरूको जायज माग सम्बोधन गरी उनीहरूलाई आफ्नो कर्मथलोमा फर्कन सक्ने वातावरण बनाउनुपर्ने नगरप्रमुख खरेलले आग्रह गरेका छन्।

    "शिक्षा क्षेत्रको स्थायित्व र प्रगतिको लागि शिक्षकको आत्मसम्मानको रक्षा अनिवार्य छ," विज्ञप्तिमा भनिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।