Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक आन्दोलन

शिक्षक आन्दोलनले नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित हुने चिन्ता

शिक्षक आन्दोलनले नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित हुने चिन्ता

images
  • शिक्षक आन्दोलनले नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित हुने चिन्ता
    images
    images

    बुटवल । काठमाडौँमा जारी शिक्षक आन्दोलनको प्रभाव बुटवल उपमहानगरपालिकाका विद्यालयहरूमा देखिन थालेको छ। आन्दोलनका कारण विद्यालयहरूको नतिजा प्रकाशन र नयाँ शैक्षिक वर्ष २०८२ को भर्ना अभियान लगायतका गतिविधिहरू प्रभावित भएको भन्दै बुटवल उपमहानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । 

    images
    images
    images

    चैत्र २० गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनले देशभरका विद्यालय शिक्षालाई असहज बनाउँदै लगेका बेला बुटवल उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको जायज माग सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

    images
    images
    images

    उपमहानगरका प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विगतमा नेपाल शिक्षक महासंघसँग भएका सम्झौताहरू कार्यान्वयन नहुनु, स्थायित्व, सेवा सुविधा र सरुवा–बढुवा जस्ता विषयमा सहमति बारम्बार उल्लंघन हुनुले अहिलेको आन्दोलन जन्मिएको हो। त्यसैले समस्याको दीर्घकालीन समाधानका लागि ऐनमा शिक्षकका सरोकारका विषय समावेश गरी ऐन जारी गर्न र उपयुक्त नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछौ ।"

    images
    images
    images

    विज्ञप्तिमा शिक्षकको स्थायित्व, सेवा सुविधा र आत्मसम्मान कायम राख्न सक्ने नीति र वातावरण आवश्यक भएको उल्लेख छ। "शिक्षकका मागहरूको उचित सम्बोधनले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीको पठनपाठनमा सुधार आउने विश्वास छ," उपमहानगरले जनाएको छ।

    बुटवल उपमहानगरपालिकाले सरकारसँग गम्भीर पहलको माग गर्दै शिक्षक आन्दोलनलाई चाँडै तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरेको छ। साथै, समस्या समाधान गरी शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाइदिन पनि अनुरोध गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।