Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस क्षेत्रीय सम्मेलन

नेपाली कांग्रेस रुपन्देही–१ को सम्मेलन : गगन थापाले उद्घाटन गर्ने

नेपाली कांग्रेस रुपन्देही–१ को सम्मेलन : गगन थापाले उद्घाटन गर्ने

images
  • नेपाली कांग्रेस रुपन्देही–१ को सम्मेलन : गगन थापाले उद्घाटन गर्ने
    images
    images

    देवदह । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १, क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । सोमवार देवदहमा क्षेत्रीय कार्यसमितिको बैठक अघि पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले सम्मेलनको तयारी पुरा भएको जनाएका हुन् । 

    images
    images
    images

    देवदह स्थित पाठक फुडल्याण्डमा चैत्र २७ गते हुने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गर्ने कार्यक्रम तय भएको केसीले बताए । पार्टी भित्रको आन्तरिक लोकतन्त्रको सवालमा खरो मानिने थापाले सम्मेलनको क्रममा संगठनलाई कसरी बलियो बनाउने र पछिल्लो क्रममा राजनितिक पार्टी भित्र देखिएका खराब प्रवृत्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिनेछन् । 

    images
    images
    images

    पार्टीको विधानमा हरेक तहले एक वर्षमा एकपटक सम्मेलन गर्नै पर्ने व्यवस्था भए बमोजिम ३३ वटा वडा रहेको रुपन्देही क्षेत्र नं १ को सम्मेलन गर्न लागिएको केसीले जानकारी दिए । ‘यस क्षेत्रमा पार्टीका चार हजार ९ सय भन्दा बढी क्रियाशिल सदस्य रहेका छन् । जसमध्येबाट ६ सय १८ जना प्रतिनिधिहरुले सम्मेलनमा सहभागिता जनाउँनेछन् ।’ केसीले भने, ‘पार्टिका भातृ सङठन सदस्य, शुभचिन्तक, पार्टीका समर्थक लगायतलाइ पनि कार्यक्रममा सहभागिताको लागि खुल्ला गरिएको छ ।’ 

    images
    images
    images

    केसीका अनुसार सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाण, अब्दुल रज्जाक, भरत कुमार शाह लगायतका नेताहरु सहभागी हुनेछन् । 

    सम्मेलनको क्रममा क्षेत्रीय समिति द्धारा प्रकाशित डाइरेक्टरी समेत विमोचन गरिनेछ । उक्त डाइरेक्टरीमा वि.सं. २०४६ साल पछिको राजनीतिक परिवर्तन र त्यसमा देखा परेका घटनाक्रमहरुलाई समेटिएको उनले बताए ।क्षेत्रीय सचिव विजय गुरुङ्गको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।