Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षक आन्दोलन

शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

images
  • शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
    images
    images

    काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा लामो समयदेखि चलिरहेको आन्दोलनप्रति नेकपा (माओवादी केन्द्र) ले ऐक्यबद्धता जनाउँदै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय शिक्षा ऐनको तर्जुमासँग सम्बन्धित संवेदनशील मुद्दाहरूलाई सम्बोधन गर्न सरकारसँग अपिल गरेका छन्।

    images
    images
    images

    सापकोटाले भनेका छन्, "शिक्षा क्षेत्रको गुणात्मक सुधार अहिलेको आवश्यकता हो। यसको लागि विद्यालयस्तरमा कार्यरत शिक्षकहरूको पेशागत सुरक्षा र उत्प्रेणामुखी वातावरण सिर्जना गर्नु अनिवार्य शर्त हो।"

    images
    images
    images

    "संविधानले आम नागरिकलाई शिक्षा प्राप्त गर्ने अधिकार दिइसकेको भए पनि आवश्यक कानुनी र नीतिगत संरचनाहरू निर्माण नभएसम्म शैक्षिक क्षेत्रको पुनर्संरचना सम्भव छैन। यसका लागि शिक्षा, स्वास्थ्य, प्रहरी लगायतका ऐनहरूको तत्काल कार्यान्वयन आवश्यक छ" विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    माओवादी केन्द्रले शिक्षक महासंघसँग भएको सहमति समेत स्मरण गराएको छ। शिक्षक महासंघसँग ५ र ६ बुँदे सहमति भएको र सो सहमति अनुसार विधेयक तर्जुमा गरिए पनि, कांग्रेस र एमालेको गठबन्धन सरकारले यसलाई संसदीय प्रक्रियामा पास गर्न कुनै पहल नगरेको आरोप लगाइएको छ। "दस महिना बितिसकेको छ र आन्दोलनरत शिक्षकहरूको जायज मागलाई अझै गम्भीरतासाथ सम्बोधन नगरेको यो सरकारको उदासीनता र गैरजिम्मेवारीका रूपमा देखिन्छ," विज्ञप्तिमा भनिएको छ।

    माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आम जनसमुदायलाई आह्वानसमेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।